Logo

Student Corner

विश्व स्वास्थ्य संगठन

Written by: Pranil Prasai - 2022012, Grade X

Posted on: 11 November, 2020

 डब्ल्यु एच ओको स्थापना सन् १९४८ मा भएको हो। यसकाे मुख्यालय जनेभामा रहेकाे छ। विश्व स्वास्थ्य सभामार्फत् डब्ल्युएचओको सञ्चालन हुन्छ । जुन सामान्य नीति निर्धारण निकायको रूपमा वार्षिक रूपमा भेला हुन्छ र सभाले तीनवर्ष कार्यकालका लागि निर्वाचित स्वास्थ्य विशेषज्ञहरूको कार्यकारी बोर्डमार्फत् काम गर्दछ। नेपाल सन् १९५४ मा डब्ल्यु एच ओकाे सदस्य भएकाे हाे ।

 डब्ल्यू एचओ संयुक्त राष्ट्रभित्रकाे  एक अन्तर्राष्ट्रिय संस्था हो । सन् २०२० सम्ममा १९४ देशहरू यसका सदस्य राष्ट्र छन् । WHO को लक्ष्य स्वास्थ्य सम्बन्धी समस्याहरूमाथि आपसी सहयोग एवं समन्वयात्मक भूमिका निर्वाह गर्नु हाे । सबै जनताहरूकाे  स्वास्थ्यमा सुधार ल्याउनु स्वास्थ्य सम्बन्धी  सर सल्लाह तथा प्राविधिक सहयाेग उपलब्ध गराउनु यसका प्रमुख उद्देश्यहरू हुन् । संसारभरका व्यक्तिहरूको लागि उत्तम स्वास्थ सम्बन्धी कार्य  यसबाट हुँदै  आएका छन् । डब्ल्यु एच ओ संयुक्त राष्ट्र सङ्घभित्र अन्तर्राष्ट्रिय स्वास्थ्यको लागि निर्देशित र समन्वयात्मक आधिकारिक संस्था पनि हो । सन् २०१८ मा डब्ल्यू एच ओले विश्व, क्षेत्रीय र देश स्तरमा एचआईभी जस्ता प्राणघातक राेगहरू विरुद्ध महत्त्वपूर्ण कार्य गर्दै आएकाे छ ।

डब्ल्युएचओका मुख्य अङ्गहरू स्वास्थ्य सभा, कार्यकारी परिषद र सचिवालय गरी तीनवटा छन् । डब्ल्युएचओको सचिवालयकाे प्रमुखमा महानिर्देशक रहने व्यवस्था छ । हाल काेभिड १९ काे महामारीमा डब्ल्युएचओले उल्लेख्य भूमिका निर्वाह गर्न नसकेकाे भन्दै कतिपय राष्ट्रहरूले यसलाई दिएकाे सहयाेगसमेत राेक्ने चेतावनी दिँदै आएका छन् । डब्ल्युएचओका प्रमुखले भर्खर मात्र काेभिड १९काे खाेप परीक्षणकाे अवस्थामा रहेकाे र केही हदसम्म सफलता मिलेकाले अब महामारीकाे अन्त्य छिट्टै हुने बताएका छन् ।