Logo

Student Corner

जन्म दिनकाे उपहार पुस्तक दिने गराैँ !

Written by: Manasbhi Niraula - 2028017, Grade IV

Posted on: 11 November, 2020

मेरो नाम मानश्वी निरौला हो ।  म कक्षा चारमा पढ्छु । मलाई मेरो विद्यालय धेरै मन पर्छ । यहाँ पढाइका साथै धेरै अतिरिक्त क्रियाकलापहरू हुन्छन् । पाठ्‍यक्रमका किताबबाहेक हरेक महिनामा हुने मासिक अध्ययन मेरो धेरै मन पर्ने विषयवस्तु हो । हामी प्रत्येक महिना नेपाली र अङ्ग्रेजी भाषाका दुई किताब पढ्छौँ । यी किताबहरूमा निकै रोचक र राम्रा कथाहरू हुन्छन् । हामीले कथा पढिसकेपछि कथाको बिस्तृत रुपमा सबै पक्षको अध्ययन गर्नुपर्छ । जसमध्ये मन पर्ने चित्रको वर्णन, नयाँ शब्दभन्डार र कठिन शब्दको अर्थ, कथावस्तु, असल पात्र, खराब पात्र, परिवेश आदिको वर्णन गर्नुपर्छ । यसरी मासिक पुस्तक अभिलेख तयार पार्न नेपाली कथाको लागि तेजप्रसाद काफ्ले सर र अङ्ग्रेजी कथाको  लागि साम्यो हाङ्गमा राई म्यामले सहयोग गर्नुहुन्छ । यसरी कथा पढेर पुस्तक अभिलेख तयार पार्दा कथाको सम्पूर्ण पक्षको ज्ञान बढ्ने गरेको छ । यसरी मासिक पुस्तक अध्ययनले गर्दा मेरो किताब बढ्ने बानीको विकास भएको छ ।  नयाँ नयाँ शब्द र अर्थमा पनि निकै विकास भएकाे छ  । किताबहरू शुद्ध र स्पष्टसँग पढ्न सक्ने भएको छु । चित्रहरूको राम्ररी वर्णन गरेर लेख्‍न सक्ने भएकी छु । नयाँ नयाँ कथा सुन्न र पढ्न धेरै मन लाग्छ त्यसैले विद्यालयले दिने भन्दा बाहेक अरु पनि नयाँ किताबहरू किनेर पढ्छु । मसँग अहिले धेरै कथाका किताबहरू छन् । अहिले म प्राय: जसकाे जन्मदिनमा पनि कथाका किताबहरू उपहार दिने गर्छु र मलाई मेरो जन्मदिनको बेला किताब उपहार पाउँदा ज्यादै खुसी लाग्छ । मासिक पुस्तकका कथाहरूमा निकै ज्ञानका कुराहरू सिक्न पाइन्छ ।