Logo

Student Corner

यहाँ के छैन र

Written by: Dhiraj Chapagain - 2022007, Grade X

Posted on: 09 November, 2020

यो सहर हो, यहाँ के छैन र ?

यहाँ भ्रस्टचारी चाहिए थुप्रै नेता  छन् ,
यहाँ दलाल चाहिए कर्मचारी छन्,  
झुटको ठुलो पहाड बनाउने पत्रकार छन्,
जति गरे पनि चुपलागी बस्ने सारा जनता छन्। 

यो सहर हो यहाँ के छैन र ?

घर अगाडिको सडक धुलो र धुवाले लिपिएको छ, 
देशका युवाहरूको बिमानस्थलमा ताँती छ,
विद्याको पवित्र कलेजमा गुन्डा गर्दी छ,
यहाँ वकिल पार्टीको छ, 
पत्रकार पार्टीको छ। 

यो सहर हो यहाँ के छैन र ?

यहाँ दक्ष जनशक्ति  बेरोजगार छ,
संसद भवनमा कुर्सि ताना तान छ ,
नेतालाई खोकी लागे सिङ्गापुर छ ,
जनतालाई रोग लागे मृत्यकाे उपहार  छ ।

यो सहर हो यहाँ के छैन र ?