Logo

Student Corner

समाज र मानिस

Written by: Deelisha Maharjan - 2022006, Grade X

Posted on: 08 November, 2020

समाज भनेको परिवार परिवार मिलेर बनेकाे  ठुलो समूह  हो । समाजमा अनेक‍‍‍‍‍‍ घटना तथा क्रियाकलापहरू हुन्छन् । यही समाजमा मानिसले एक अर्कालाई सु:ख दु:खमा साथ पनि  दिन्छन्  । मानिसका  क्रियाकलाप समाजसँग सम्बन्धित हुन्छन् । समाजमा अपाच्य तथा समाज विराेधी क्रियाकलापले समाजमा समस्या निम्त्याउँछ । मानिस सामाजिक प्राणी भएकाले समाजसँगै बाँधिएकाे हुन्छ ।

 कतिपय अवस्थामा आफूलाई गर्न मन लागेका कुरा पनि समाजकै डरले गर्न सकिँदैन । । यो कुरा सायदै गलत हो । हामी आफ्नो लागि जिउने हो कि समाजको लागि ? समाजले  के  सोच्छ भनेर केही नगर्ने होइन ;आफूलाई जे मन पर्छ त्यो गर्ने पनि होइन । आफ्नाे र समाजकाे हित हुने काम दुवैका लागि फाइजनक हुन्छ । कतिबेला त  समाज  व्यक्तिकाे  विकासकाे बाधक पनि हुन सक्छ । यस्ताे अवस्था भनेकाे  समाज व्यक्तिकाे लागि पिँजडा  जस्तै हुनु हाे  । पिँजडाभित्र जे गर्न सकिन्छ त्यही मात्र गर्न पाइने । 

२१ साैँ शताब्दीमा आइपुग्दा पनि हाम्राे समाजले पुरुष र महिलालाई हेर्ने दृष्टिकाेणमा फरक छ । कोही केटी  केटासँग  बोलिरहेको र हिँडिरहेको देख्यो भने समाजले हेर्ने दृष्टिकोण नै फरक हुन्छ । त्यो किन त ? समाजले केटालाईभन्दा केटीलाई  फरक दृष्टिले किन  हेर्छ ?  कोही केटी कुनै काम विशेषले घर ढिला आई  भने पनि समाजले अनेकन कुरा काट्न थाल्छ । याे प्रवृत्ति सहरी परिवेशमाभन्दा ग्रामीण परिवेशमा अझ बढी छ । 

म साेच्छु हामी समाजकाे लागि बाँच्ने कि आफ्नाे लागि ? समाजमा भएका सबै कुरा राम्रा नै छन् भन्ने पनि छैन । आफ्नो असल विचार र असल कार्यकाे लागि आफ्नो काममा समाजले के भन्छ भनेर पछाडि पर्नु पनि हुँदैन  । कतिपय अवस्थामा समाजलाई नै परिवर्तन पनि गर्न सक्नुपर्छ । मानिस भगवान् पनि हाेइन । राम्रा र नराम्रा काम पनि मानिसबाट नै हुन्छन् । अनजानवश  गरिएका नराम्रा कामलाई सुधार्ने माैका पनि  दिनुपर्छ ।