Logo

Student Corner

गौरी

Written by: Bipana Shrestha - 2023003, Grade IX

Posted on: 05 November, 2020

गाैरी माधवप्रसाद घिमिरेद्वारा रचित  शोककाव्य हो । यो शोककाव्य माधवप्रसाद घिमिरेले वि.सं . २००४ साल असार महिनामा उनकी पत्नी गौरी स्वर्गवासी भएपछि   लेखेका हुन् । यो शोक   काव्यमा  कविले गौरीको निधनपछि आफ्ना दुई छोरीहरू टुहुरा बनेका र आफूले सारा धर्ती नै निरस देखेको अनि आफू एक्लो भएको  कुरा उल्लेख गरेका छन्। 
गौरी काव्य पढेपछि मेरा आँखा रसाए । कविले विभिन्न विलाप गर्दै बाच्छासँग गाईलाई अलग गर्दा कस्तो पीडा हुन्छ भनेका छन् । मैले बाचुञ्जेल केही अफ्ठ्यारो छ कि भनेर पनि  तिमीलाई सोधिन भन्दै विलाप गरेका छन् । गौरी काव्य पढ्दै जाँदा नेपाली साहित्यमा लेखिएका  सबैभन्दा सुन्दर र लयबद्ध काव्य यो जस्ता अरू कुनै छन् जस्तो लाग्दैन । यस काव्यमा  पीडा र दु:खहरू  पोखिएका छन्। यस काव्यका सबै श्लोक लयबद्ध र सुन्दर छन् । यो काव्यको पहिलो सर्गमा  "के लेख्नु मैले पर्यो" मा कविले आफ्नो आँशुमा चिप्लिएको कलमले लेखेका छन् । अचानक आफ्नी पत्नीको निधन भएपछि आफ्नो होस गुमे जस्तो भएर आफूले आफैँलाई सम्हाल्न नसकेको, संसारै  अँधेरो भएको र दिउँसो रात परेर तारा देखे जस्तो भएको कुरा काव्यमा लेखेका छन्। 
 
गौरीले यो भौतिक संसार छोडेपछि कुन ठाउँमा  छिन् ? कस्तो ठाउँ छ ? उनले त्यहाँ पनि शान्ति र सन्तोष पाएकी छन् कि छैनन् ? कवि यी कुराहरूले चिन्तित छन् । उनले आफ्नी पत्नीलाई कुनै लीलाले कहिलेकाहीँ भुइँमा ओर्लेर आफूसँग भेट्न आउन अनुरोध गरेका छन् । यस काव्यमा रहेका हरेक श्लोकले धेरै गहिरो कुरा सिकाएका छन् । यो एक हृदय छुने कविता हो ।  यहाँ भावना र पीडा भरिएको छ। मलाई यो काव्य निकै मन प-यो।