Logo

Student Corner

नेपालको भौगोलिक अवस्था

Written by: Kriti Nepal - 2023016, Grade IX

Posted on: 04 November, 2020

नेपाल दक्षिण एसियामा अवस्थित भूपरिवेष्टित एउटा सानो र सुन्दर देश हो । यसले विश्वकाे ०.०३ प्रतिशत, एसियाकाे ०३ प्रतिशत र  दक्षिण एसियाको २.८२ भूभाग ओगटेकाे छ । नेपालकाे सङ्घीय राजधानी काठमाडाैँ हो । नेपालको संविधान २०७२ अनुसार नेपाललाई ७ प्रदेश र ७५३ स्थानीय तहमा विभाजन गरिएकाे छ । जसअनुसार महानगरपालिका ६ उपमहानगरपालिका ११ नगरपालिका २७६ र गाउँपालिका ४६० रहेका छन् ।

 नेपाल एसियाका दुई विशाल मुलुकहरू भारत र चीनको बीचमा पर्दछ। यसका  छिमेकी देशहरू  भारत र चीन  हुन् । यो बंगालको खाडीदेखि करिब ११२७ कि. मि.टाढा छ । नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. छ । नेपालको पूर्व-पश्चिम लम्बाइ ८८५ कि.मि. र उत्तर दक्षिण चौडाइ सरदर १९३ कि. मि. छ । यसको दक्षिणमा भारतकाे विहार र उत्तर प्रदेश, पश्चिममा भारतकाे उत्तराखण्ड राज्य, पूर्वमा पश्चिम बङ्गाल सिक्मिम राज्य र उत्तरतर्फ चीनकाे स्वशासित क्षेत्र तिब्बत पर्दछ । नेपालकाे प्रामाणिक समय दाेलखा जिल्लामा पर्ने गाैरीशङ्कर हिमाललाई काटेर गएकाे ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी निर्धारण गरिएकाे छ । नेपालकाे समय ग्रीनवीच मानक समयभन्दा ५ घण्टा ४५ मिनेट छिटाे छ । विश्वका ८,००० मिटरभन्दा अग्ला १४ चुचुराहरूमध्ये ८ वटा नेपालमै पर्दछन् । नेपालकाे साेलुखुम्बु जिल्लामा अवस्थित विश्वकाे सर्वाेच्च हिमाल सगरमाथा नेपाल र नेपालीकाे परिचय हाे ।

नेपाललाई हिमाल पहाड र तराई गरी तीन भौगोलिक क्षेत्रमा बाँडिएको छ । तीन भौगोलिक क्षेत्रहरूकाे तापक्रम, वेशभूषा, रहनसहन आदि सबैमा निकै भिन्नता पाइन्छ। नेपाल सयाैँ जातजातिकाे साझा फूलबारी हाे । जात धर्म भाषा संस्कृति  तथा चाडपर्व आदिका विविधता नै नेपाली संस्कृतिका विशेषता हुन् ।