Logo

Student Corner

मेरो मामाघर

Written by: Eugune Gurung - 2028049, Grade IV

Posted on: 04 November, 2020

 मेरो नाम  युजिन गुरुङ हाे ।  म  सिफल सेकेन्डरी स्कुलमा कक्षा ४  म पढ्छु । म स्वयम्भूमा बस्छु ।  मलाई सबैभन्दा मन पर्ने ठाउँ मेरो मामाघर हो । मेरो मामाघर  असनमा छ ।  मलाई मामाघर  धेरै मन पर्छ ।  मेरो मामघरमा मेरा मामा, माइजू, हजुरबुबा, हजुरआमा दाजु दिदीहरू हुनुहुन्छ । मलाई मामाघरमा सबैजनाले धेरै माया गर्नुहुन्छ ।  मलाई हजुरआमाले  मिठामिठा  खानेकुरा बनाएर खुवाउनुहुन्छ ।  मामाले रमाइलो ठाउँमा घुमाउन  लैजानुहुन्छ ।  मलाई मेरो हजुरबुबाले रमाइला कथा कविताहरू सुनाउनुहुन्छ ।  मामाले धेरै ज्ञान गुनका कुराहरू सिकाउनुहुन्छ ।  म मेरो मामासँग गितार बजाउन सिक्छु ।  मेरो मामा घर नजिकै इन्द्रजात्राको समयमा रथ तान्ने जात्रा हुन्छ ।  जात्रा हेर्न मलाई रमाइलो लाग्छ । इन्द्रजात्रामा पुलुकेसी, लाखे नाचेको कुमारीको,  गणेशको रथ, भैरवको र अनि अरू थुप्रै नाचहरू पनि देखाइन्छ ।  मैले आफ्नो मामाघरमा  धेरै संस्कृतिका कुराहरू पनि सिक्न  पाउँछु ।  अहिले मलाई मायाघर जान निकै मन पर्छ र धेरै समय मामा कै घरमा बस्न मन लाग्छ ।