Logo

Student Corner

उद्यमशीलताः आर्थिक समृद्धिकाे आधार

Written by: Yunish Shrestha - 25044, Grade XII

Posted on: 26 July, 2024

सर्वप्रथम त उद्यमशीलतालाई सरल भाषामा नयाँ व्यापार वा व्यवसाय सञ्चालन गर्ने प्रक्रिया हो, जसमा खतरा लिएर त्यसबाट फाइदा उठाउने मुख्य लक्ष्य हुन्छ । उद्यमशीलता भनेको केही कामको सुरुवात गरी त्यसबाट आउने फाइदा वा घाटालाई स्विकार्दै काम सिक्नको लागि अघि पर्नु हो । 

उद्यमशीलता सञ्चालन गर्ने व्यक्तिहरूलाई उद्यमी भनिन्छ । उद्यमशीलताको सबै प्रक्रिया गर्ने र काम सफलता पूर्ण गर्ने भनेको नै उद्यमीले नै हो । सबै खतरा र फाइदा उठाउने भनेको नै उद्यमी नै हो । 

 

उद्यमशीलता रोजगारीको सिर्जना गर्ने एक मुख्य स्रोत पनि हो । यदि एउटा उद्यमीले उद्यमशीलताको सुरुवात गर्छ भने उसले कामको लागि ठुलो सोच राखेकाे हुन्छ । ठुलो सोचेको भएकाले उसलाई काम गर्नको लागि अरु मद्दत गर्ने हातहरूको पनि आवश्यकता हुन्छ किनभने ऊ एक्लैले गर्ने सक्ने काम भने उद्यमशीलता होइन । यसबाट थुप्रै मद्दत गर्ने हातहरूको आवश्यक भएकाले उसले ती मदत गर्ने हातहरूलाई रोजगारी प्रदान गर्छ । ती कला भएका, सिप भएका तर स्रोत नभएका दक्ष जनशक्तिले रोजगारी पाउँछन् । 

रोजगारी पाइसकेपछि तीन ओटा मुख्य समस्याको समाधान हुन्छ । पहिलो त दक्ष जनशक्ति अर्थात् युवाहरू विदेसिनु पर्दैन किनकि उनीहरूले आफ्नो कला र सिप देखाउने ठाउँ पाउँछन् । दोश्रो उनीहरूको लागि एउटा अर्थको स्रोतको सिर्जना हुन्छ । तेश्रो सबै युवाहरूले रोजगारी देशमा नै पाएपछि कोही पनि विदेसिनु परेन र आफैलेले अर्थको व्यवस्था गर्न सक्ने भइसकेपछि देशमा पनि अर्थको कमी  हुँदैन । देशको आर्थिक स्थितिमा सुधार आउँछ । यसरी आर्थिक संमृद्धिकाे आधार उद्यमशीलता बन्छ । 

उद्यमशीलताले उद्यमीहरूलाई रचनात्मक र फरक शैलीको जीवन बाच्न सिकाउँछ। उद्यमशीलताबाट उद्यमीहरूले सिक्ने कुराहरू र ज्ञानहरूबाट उनीहरूको सोच्ने तरिका र जीवनलाई हेर्ने शैलीमा परिवर्तन आउँछ। उद्यमशीलताबाट सामाजिक परिवर्तन पनि हुन्छ। उद्यमशीलताको ज्ञान समाजमा सबैले पाएपछि सबै यस बारे ज्ञात हुन्छन् र समाजमा पनि यसले परिवर्तन ल्याउँछ । उद्यमशीलताले हाम्रो देशको आर्थिक स्थिति सुधारेर विकास निम्त्याउँछ र जसले गर्दा हामी विश्वको उद्यमशीलताको बजारमा प्रतिस्पर्धा पनि गर्न अरुसँग पनि सक्छौँ । उद्यमशीलताले कुनै पनि ज्ञान वा सिपलाई खेर जान पनि दिँदैन। उद्यमशीलता एउटा सानो कुरा नभई ठुलो प्लेटफर्म भएकाले गर्दा भिन्नभिन्न पृष्ठभूमिबाट आएका मनिसहरूले उद्यमशीलताको सिर्जना गर्छन् त्यसैले कुनै पनि सिप खेर जाँदैन । कुनै न कुनै बाटो आफै खुल्छ किनकि यसमा पनि विविधता हुन्छ । उद्यमशीलताबाट प्रोत्साहित भएर धेरै बेरोजगार भएर बसेका मनिसहरू पनि यसमा संलग्न हुन खोज्छन् जसले गर्दा उनीहरूको सिप र श्रम खेर जाँदैन । 

 

अन्ततः उद्यमशीलता गर्नु सजिलो छैन । जसले पायाे त्यसैले गएर उद्यमशीलता गर्छु भनेर पनि हुँदैन। यसको लागि कडा मेहेनत र परिश्रमको पनि उत्तिकै आवश्यकता पर्छ । साथै पुँजीकाे पनि उत्तिकै आवश्यकता पर्दछ ।  यसको लागि फरक प्रकारले साेच्ने तरिका हुनुपर्छ । फाइदा उठाउने मात्र सोच राखेर हुँदैन घाटा र खतरालाई पनि सम्हाल्न सक्नु पनि पर्दछ । यदि उद्यमशीलता गर्नका लागि हुनु पर्ने सबै गुण त्यो मानिससँग छ भने त ऊ अवस्य नै सफल हुन्छ । निस्कर्ष भन्नुपर्दा आर्थिक समृद्धिकाे आधार भनेको नै अहिलेको आधुनिक दुनियाँमा उद्यमशीलता नै हो ।