Logo

Student Corner

भानुभक्त आचार्य

Written by: Tejaswi Basnet - 33048, Grade IV

Posted on: 26 July, 2024

 भानुभक्त आचार्यकाे जन्म वि.सं १८७१ असार २९ गते भएको थियो । उनको जन्म तनहुँ जिल्लाको चुँदी रम्घामा भएको थियो । उनको बुबाको नाम धनञ्जय आचार्य र आमाको नाम धर्मावती देवी हो । उनले आफ्नो हजुरबुबाबाट ज्ञान प्राप्त गरे । उनी आफ्नो हजुरबुबासँग काशी गएर थप शिक्षा प्राप्त गरे । उनले घाँसीको घाँस बेचेर कुवा बनाउने कुरा सुनेर असल काम गर्ने प्रेरणा प्राप्त गरेका थिए । उनले संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए । रामायण बाहेक उनका भक्तमाला, वधूशिक्षा, प्रश्नोत्तरी जस्ता कृतिहरू लेखेका छन् । उनी नेपाली भाषाको विकासका सुरुका लेखक, कवि, साहित्यकार भएकोले उनलाई आदिकवि उपनामले सम्मान गरिएको छ । उनले चन्द्रकान्ता देवीसँग विवाह गरेका थिए । चन्द्रकान्ता देवीको मृत्यु भएपछि चन्द्रकलासँग विवाह गरे । उनको दुई छोरा र एक छोरी थिए । उनी सरकारी जागिरे पनि भएका थिए । आफ्नो पदको जिम्मेवारी अनुसार हिसाब किताब बुझाउँदा नमिलेकाले जेल परेका थिए । उनका कृतिहरूलाई पछि मोतीराम भट्टले प्रकाशन गरी जीवनी समेत लेखेर उनको पहिचान दिलाएका थिए । उनको मृत्यु वि.सं १९२५ साल असोज ६ गते भएको थियो। नेपाली साहित्यमा उहाँको योगदानलाई सम्मान गर्दै प्रत्येक वर्ष असार २९ गते भानु जयन्ती मनाइन्छ।