Logo

Student Corner

बाल विवाह

Written by: Aarav Timilsina - 28028, Grade IX

Posted on: 25 July, 2024

कुनै एउटा गाउँमा उमेरले २५ वर्षकी रीता विद्यालयकी प्र.अ. शिक्षिका बन्ने ठानेकी थिइन् । आफ्नै पाठशालामा शिक्षक बन्ने आकाङ्क्षी थिइन् । तर, उसका आमाबाबुले उनको विवाह विनाेद नामक मानिससँग गर्ने यो ठूलो निर्णय गरे।  यसकारण, रीता धेरै चिन्तित थिइन् । उनले आफ्नो घर छाडेर आफूले नचिनेको व्यक्तिसँग बिहे गर्नुपर्‍यो । उनले आफ्ना आमाबाबुसँग बिन्ती गरिन् । उनीहरूलाई आफ्नो पढाइलाई निरन्तरता दिन भनेर बिन्ती गरिन् । तर तिनीहरू जिद्दी गर्थे कि कम उमेरको विवाह एउटा परम्परा हो जुन पालना गर्नुपर्छ । रीताले धेरै बिन्ती गरेपछि उसलाई केवल १ हप्ताको लागि विद्यालय जान दिए । रीताका अविभावकले बिहेको सबै व्यवस्था गर्न थालिसकेका थिए । जसमा उसको विहेको योजना गरिएको थियो । रीताले विद्यालयमा कसैलाई पनि उसको विवाहको बारेमा भनिन् । उनी सधैझैँ सामान्य तालले विद्यालय जान्थिन्, पढ्थिन् र फर्किन्थिन् । उसका केही शिक्षकहरूलाई उसको बिहेको बारेमा थाहा थियो र रीतालाई देखेर धेरै दुःखी थिए ।

उसको विज्ञान शिक्षिकालाई उसको बिहेबारे केही थाहा थिएन । उनको विवाहको दिन रीताले सुन्दर विवाहको पोसाक लगाएकी थिइन् । उनी डराएकी थिइन् विवाहपछि, रीतालाई विनाेदको घरमा लगियो । जुन उनको लागि जेल जस्तै महसुस भयो । उनले घरको काम गर्ने र विनाेदको हरेक आवश्यकताको हेरचाह गर्ने उसलाई गरिएको थियो। विनाेदको स्वभाव निकै नराम्रो र अशिष्ट थियो ।   रीतलाई कामै मात्र लगाउँथ्याे । रीताप्रति धेरै क्रोधित थियो ।  रीता त्यो घरमा एक मौन दसा थिइन् । उसले बोल्दा घरका सदस्य झर्किंन्थे ।  शिक्षा पाउने रिटको सपना हरेक दिन घट्दै गयो ।  एक दिन रीताको शिक्षिकालाई रीता किन कक्षामा नआएको भनेर चिन्तित भइन् । त्यसैले उनले रीताका अभिभावकलाई सोधिन् । थाह पाएपछि उनलाई दुःख लाग्यो । उनले अभिभावकलाई रीतालाई फिर्ता ल्याउन आग्रह गरे तर उनीहरूले नाइ भने । तर उनीहरूले शिक्षकलाई विनाेदको परिवारसँग कुरा गर्न दिए । उनले विनाेदको परिवारसँग पनि कुरा गरिन् र उनीहरूलाई बालविवाहबारे कुरा बुझाइन् । आफू शिक्षिका हुनुमा कत्ति खुसी भएको र बालविवाहबाट जोगाएकोमा उनीप्रति धेरै आभारी भएको बताएकी थिइ्न् । यो देखेर शिक्षक निकै खुसी हुनुभयो । 

बाल विवाहले अहिले पनि ग्रामीण क्षेत्रका ससाना बालबालिकाहरू पीडित छन् । बालविवाहले बालबालिकाको बाल्यकाल खोस्छ । उनीहरूको स्वास्थ्यलाई खतरामा पार्छ । २० वर्ष नपुग्दै विवाह गर्ने केटीहरू घरेलु हिंसाको सिकारसमेत हुन्छन् र निरक्षर हुन्छन् । उनीहरूको स्वास्थ्य अवस्था उनीहरूको उमेरका अन्य व्यक्तिहरूको तुलनामा खराब हुन्छ र उनी मानसिक तनावले पीडित हुन्छन् । जुन उनीहरूका आफ्नै छोराछोरीमा जान्छ । यो प्रक्रियाले मानिसको जीवन र देश दुवैलाई बर्बाद पार्छ । त्यसैले हामीले बालविवाहबारे जनचेतना फैलाउनु पर्छ।