Logo

Student Corner

विज्ञान र प्रविधिको विकास

Written by: Aashika Acharya - 25066, Grade XII

Posted on: 24 July, 2024

विज्ञान भनेको विशिष्ट ज्ञान हो, जुन विचार, अवलोकन र अध्ययनबाट प्राप्त गरिन्छ । प्रविधि भनेको कुनै पनि औजार वा सामग्रीको प्रयोग गरि कुनै पनि कार्यलाई अझ सरल बनाउने ज्ञान हो । हामी सबैलाई थाहा नै होला । आजको युग भनेको विज्ञान र प्रविधिको युग हो । आजको जीवन विज्ञान र प्रविधिबिना अपुरो बन्न पुगेको छ । 

सन् १९१० को दशन यता विश्वमा सूचना तथा सञ्चार र  प्रविधिको युग सुरु भएको मनिन्छ । आजको पुस्ताको अधिकांश समय मोबाइल, ल्यापटप र कम्प्युटर कै स्क्रिनमा बितेको पाइन्छ साथै अहिलेका अधिकांश युवाहरूको प्राय सबै काम इन्टरनेटबाट नै हुन्छ । प्रविधिका करण घन्टौँ लाग्ने काम एकछिन् मै हुन्छ ।

फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्राम आदि आजको युगको प्रविधि र विज्ञानले विकास गरेको वर्तमानका नमुना हुन् । संसारको जुनसुकै कुनामा घटेको घटना हामी घरबाहिर पनि ननिस्किन सजिलै थाहा पाउन सक्छौँ । विज्ञान र प्रविधिले सञ्चार र यातायातमा पनि धेरै विकास र परिवर्तन ल्याएको छ । 

१० वर्ष आगाडि नेपालको अवस्था हेर्ने हो भने, नेपालमा सञ्चार, यातायात, प्रविधिकाे विकास भने भएको थिएन । सञ्चारको उदाहरण लिने हो भने पदेसिएका छोराछाेरीको सन्चो बिसन्चो थाहा पाउन पनि महिनौ कुर्नुपर्थ्यो। एक छाक खानामा चाहिने नुन किन्न घन्टौँ पैदल यात्रा गर्नु पर्थ्यो । अहिले त्यस्तो कहाँ छ र ! सहरमा मात्र नभई गाउँघरतिर पनि प्रविधिको विकास भएको छ ।

यातायात र सञ्चार सुबिधा बाहेक प्रविधिको सकारात्मक प्रभाव शिक्षामा पनि परेको छ । आजकल अधिकांश विद्यालयले स्मार्ट बोर्ड, प्रोजेक्टर लगायत अन्य प्रविधि प्रयोग गरी शिक्षा प्रधान गरिरहेका छन् । यसको मध्यमबाट पढ्दा र पढाउँदा शिक्षक र विद्यार्थी दुबैलाई सजिलो पनि भएको छ । विद्यार्थीलाई पढ्नलाई पनि इन्टरनेटमार्फत कुनै पनि कुराको जानकारी प्राप्त गर्न सहज भइरहेको छ । 

कोरोनको समयको उदाहरण लिने हो भने त्यतिबेला सबै विद्यालय बन्द हुँदा विद्यार्थीहरूले आफ्नो पढाइलाई अनलाइन कक्षाद्वारा निरन्तरता दिन पाएका थिए । यो सबै प्रविधि र विकास कै कारण सम्भव भएको हो ।