Logo

Student Corner

मृगतृष्णामा युवावर्ग

Written by: Amu Shakya - 27021, Grade X

Posted on: 24 July, 2024

गर्छन् कल्पना युवावर्गहरू

सुखसयल जीवनको

लाग्छ उनीहरूलाई सुख विदेशमा छ

स्वदेशमा छैन । 

भौँतारिन्छ त्यही सुखको पछि

खोज्दैनन् सुख आफ्नो देशमा । 

 

बिर्सन्छन् आफूलाई आर्विभावन गर्ने नेपाली आमा

विस्मरण गर्छन् आफ्नो अस्तित्वमा सहिदहरूको योगदान

पानी छ जस्तो लाग्छ विदेशमा

मरूभूमि ठान्छन् देशमा । 

 

सुखको पछि भाग्दा यति आलस्य बन्छन् 

कर्तव्य र जिम्मेवारी चटक्कै भुल्छन् । 

आक्षेप लगाउँछ नेतालाई

देख्दैन ऊ आफूलाई । 

 

जब ऊ विदेश पुग्छ,

केही क्षण दुग्धधारा देख्छ

त्यसपछि पानी देख्छ

र उही आलस्य जीवनको भोग गर्छ । 

 

अन्त्यमा साँच्चै मृगतृष्णाको सिकारी बन्छ

नहोस् नि कसरी ?

प्रकृतिको काख नअँगाली बासना जो अँगाल्छ

त्रि-रत्न नदेखी कृत्रिम रत्नको पछि जो लाग्छ । 

 

अन्त्यमा बन्दछ ऊ मृगतृष्णाको सिकारी 

भर्दछ उसमा पश्चात्तापको भारी ।