Logo

Student Corner

बुद्ध जयन्ती

Written by: Ashwith Acharya - 33030, Grade IV

Posted on: 24 July, 2024

वैशाख शुक्ल पूर्णिमाको दिनमा रूपन्देही जिल्लाको जङ्गलमा सालको रुखहरूको बिचमा बुद्धको जन्म भएको थियाे । जब बुद्ध जन्मिनुभएको थियो तब उहाँले सात पाइला हिँड्नुभएको थियो भन्ने भनाइ छ । उहाँले २९ वर्षको उमेरमा घर छोड्नुभएको थियाे । उहाँले २५०० वर्ष अघि भारतको गया भन्ने ठाउँमा ध्यान गर्न बस्नुभएको थियाे । उहाँले वैशाख शुक्ल पूर्णिमाको दिनमा ज्ञान प्राप्त गर्नुभयो । भगवान बुद्धले अहिंसा र शान्तिको ज्ञान दिनुभयो । त्यसैले भगवान बुद्धलाई शान्तिको प्रतीकको रूपमा चिनिन्छ । भगवान  बुद्ध जन्मिएको दिन, भगवान बुद्धले ज्ञान प्राप्त गरेको दिन र भगवान बुद्धकाे मृत्यु भएको दिन वैशाख शुक्ल पूर्णिमाकै दिन थियाे । त्यसैले यो दिनलाई बुद्ध जयन्ती भनेर मनाइने गरिन्छ । यो दिन बुद्ध धर्म मनाउने मानिसहरूको विशेष पर्व हो।