Logo

Student Corner

देउकी प्रथा

Written by: Tanishq Shakya - 28011, Grade IX

Posted on: 23 July, 2024

नेपालको सुदूरपश्चिमी भेग डोटी, बैतडी, डढेलधुरा आदि ठाउँहरूमा देउकी प्रथा प्रचलित छ । यी ठाउँहरूमा परम्परागत रूपमा नै यो प्रथा चलिआएको छ । देउकी प्रथामा महिनावारी नभएका बालिकालाई देवतालाई चढाइन्छ । त्यही केटी बच्चालाई नै देउकी भनिन्छ । यसरी देउकी चढाउनुमा भगवान् खुसी भएर परिवारको हित हुन्छ भन्ने कुरामा विश्वास गरिन्छ । 

आर्थिक अवस्था कमजोर भएका अभिभावकले छोरीलाई धनी मानिसलाई बेच्छन् र ती धनी मानिसले आफ्नो परिवारको हितका लागि देउकी चढाउँछन् । गरिबीको कारण आमाबुबाले छोरीको पालनपोषण र विवाह गर्न नसक्ने अवस्था भएका हुनाले देउकी चढाउने पाइन्छ । जुन नेपालकाे कानुन विपरी हाे र मानव अधिकारको हनन पनि हाे । देउकीको रूपमा चढाइएका केटीहरूले आफ्नो पालनपोषण मन्दिरमा चढाइएको खानेकुरा र पैसाले मात्र गर्न पाउँछन् । उनीहरूले शिक्षा पाउँदैनन् र सिप नहुने भएकाले आफ्नो जीविकोपार्जनलाई केही पनि गर्न सक्दैनन् । देउकीले विवाह गर्न पाउँदैनन् र आफ्नो जीवन मन्दिर सफा गर्ने, देवीदेवताको पूजा गर्ने, मन्दिरको कममा सघाउने जस्ता काममा बिताउँछन् । त्यसैले देउकीले आफ्नो जीवनमा आफ्नो इच्छा तथा सपना पूरा गर्न पाउँडैनन् । उनीहरू समाजबाट वञ्चित भएर मन्दिर तथा भगवान्को सेवा मात्र गरेर बस्नुपर्ने हुन्छ । यसले गर्दा खराब नियत भएका मानिसहरूबाट बलात्कारको सिकार पनि हुन्छन् साथै अफ्नो जीवन पाल्नका लागि पनि यौनकर्मी बन्ने गरेको पाइन्छ। 

देउकी प्रथामा धार्मिक अन्धविश्वास छ । कन्या देवतालाई चढाउदा पुण्य कमाउने अन्धविश्वास गरिन्छ । केटीले पनि देवताको सेवा गर्दा पुण्य हुने तथा जीवन सर्थक हुने विश्वास गर्छ्न् । छोरी देउकी चढाएमा छोरा सन्तान जन्मिन्छ भन्ने अन्धविश्वासले पनि छोरीलाई देउकी बनाएको देखिन्छ । अर्काे कारण भनेकाे गरिबी हाे । गरिबीले गर्दा सन्तानको पालनपोषण गर्न सक्दैनन् र त्यसैगरी धर्मको नाममा देवातालाई देउकी चढाएको पनि देखिन्छ। धनी मान्छेलाई आफ्नो छोरी देवतालाई चढाउनका लागि दिएर आफू ऋण मुक्त हुने वा पैसा लिने पनि  गर्छन् ।

अशिक्षाले गर्दा जनचेतना नभएको देखिन्छ त त्यसको फलस्वरूप, शिक्षाबारे अनविज्ञ हुन्छन् । शिक्षाको अभावका कारण देउकीले आफ्नो हक अधिकार माग्न सक्दैनन् र देउकी प्रथा विरूद्ध हुने कानुनीकारवाहीबारे सचेत नभएकाले पनि यो प्रथा अझै कायम छ । जनचेतनाको अभाव समाजलाई देउकी प्रथा एक अन्धविश्वास हो र यसले महिलाको अधिकार हनन गर्दछ भन्ने कुराबारे जानकारी नभएकाले यो प्रथा कायम रहेको देखिन्छ । त्यसै गरी कानुनी कारवाही तथा दण्डबारे सचेत नभएकाले पनि यो प्रथा अझै समाजमा कायम रहेको छ। यसले मानिसकाे स्वास्थ्यमा असर गरेकाे छ । गरिबीका कारण देउकीहरू बसोबास गर्ने ठाउँ र खानपान राम्रो हुदैँन र यसले गर्दा उनीहरू विभिन्न रोगका सिकार हुन सक्छन्। समयमा नै उपचार गर्न नपाएकाले देउकीहरूको स्वास्थ समस्या वा मृत्यु भएको पनि देखिन्छ । देउकीले आफ्नो इच्छा तथा जीवनको लक्ष्य पूरा गर्न पाउदैनन् र सधैँ देवी देवताको सेवामा लागि रहनुप र्छ। उनीहरू सुरक्षित पनि हुँदैनन् । जीविकोपार्जनमा पनि कठिनाइ हुन्छन्। यसको कारण उनीहरूलाई मानसिक तनाव हुन सक्छ। 

त्यसैले देउकी प्रथा महिलाप्रतिको दुर्व्यवहार पनि हो र कानुनले देउकी प्रथालाई अपराध मान्छ। अहिले देउकी प्रथामा प्रोत्साहन गर्नेलाई कानुन बमाेजिम सजाय दिने गरिन्छ । अन्त्यमा भन्नुपर्दा देउकी भनेको एक कुप्रथा हो र यस प्रथाको बारेमा चेतना फैलाउनु पर्छ र यदि यी प्रथाहरू त्यसपछि पनि प्रचलनमा छन् भने त्यसको विरुद्धमा कडा कानुन ्बनाई लागु गर्नुपर्छ ।