Written by: Bedant Bhandari - 32038, Grade V
Posted on: 23 July, 2024
मेरी आमा प्यारी आमा ममताकी खानी
छोराछोरी उनका लागि सधैँ आँखाका नानी
निःस्वार्थ माया गर्ने उनको राम्रो बानी
जति छोराछोरी भएपनि समान माया गर्ने बानी
छोराछोरीको पेट भर्न दिनरात मिहिनेत गर्छिन्
असल, ज्ञानी बनाउन सधैँ लागिरहन्छिन्
आमा मेरी मनकी रानी ममताकी खानी
तिम्रो जस्तै माया गर्ने मन होस् मेरो पनि।