Logo

Student Corner

जीवनको बहाव

Written by: Ashish Dahal - 27004, Grade X

Posted on: 22 July, 2024

नदीको बगरमा बसेर जीवनका

अनगिन्ती सुन्दर सपनाहरूकाे

यादमा हराउँदै

फूलको बगैँचामा सुस्ताउँदै सुन्छु,

हावाको गतिसँगै गीतका यादहरू

 

तारामा आकाशकाे शून्यता 

रातको गहिरो रहस्य।

चन्द्रमाको शीलता र चहक

जीवनमा प्रेमको आगमन

 

मनको कुनामा बसेर सोच्छु,

आशा र सपनाका गीतहरू

दुनियाँको रङ्गिन चित्रमा 

सजाइएका सपनाहरू कहाँ हराए ?

 

नेपाली माटोमा सुगन्ध फैलाएर 

सपना सजाउने  हरेक चाहना

थमाैती राख्दै कुरिरहेछ दिनप्रतिदिन

 नयाँ चाहना र प्रेरणा रुमलिएकाे जीवन,

अन्धकारमा हराउन खाेजिरहेछ ।