Logo

Student Corner

गुरुपूर्णिमा

Written by: Ujjwol Dhakal - 33023, Grade IV

Posted on: 22 July, 2024

विद्यार्थीहरूलाई ज्ञान, सिप र असल व्यवहार सिकाउने व्यक्ति नै गुरु हुन् । गुरु र गुरुआमालाई शिक्षक र शिक्षिका पनि भनिन्छ। गुरुहरूका सम्मानका लागि वर्षको एक दिन गुरुपूर्णिमा मनाइन्छ । मानिसकाे जीवनमा गुरुकाे महत्त्वपूर्ण भूमिका हुन्छ ।  विद्यार्थीहरूका पहिलो गुरु आमाबुबा हुन् भने दोस्रो गुरु शिक्षक शिक्षिका हुन् । विद्यार्थीहरूलाई गुरुहरूले असल बाटोमा हिँड्न प्रेरणा दिनुहुन्छ र राम्रो शिक्षा प्रदान गर्नुहुन्छ। गुरुले हामीलाई पढ्न, लेख्न, खेल्न व्यवहारिक कुरा गर्न सिकाउनुहुन्छ । गुरुहरूले हामीलाई अनुशासित हुन पनि सिकाउनुहुन्छ । गुरुपूर्णिमाको दिन विद्यार्थीहरूले गुरुलाई फूलमाला लगाइदिएर उपहार दिन्छन् र उहाँहरूसँग आशीर्वाद लिने गर्छन् । अध्ययन सकिसकेका विद्यार्थीहरू पनि यस दिन गुरुले गरेका योगदान सम्झेर भेट्न जाने गर्छन् । यस दिन आफूलाई मन्त्र सुनाउने गुरुलाई गुरु दक्षिणा दिने चलन पनि छ । विद्यार्थीहरूका लागि गुरु र गुरुआमा सधैँभरि भगवान समान हुनुहुन्छ ।