Logo

Student Corner

हराएका सपना

Written by: Aayotrie Chaudhary - 27019, Grade X

Posted on: 18 July, 2024

सपना र लक्ष्य सधैँभरि हुँदैन

तिनीहरू दिन प्रतिदिन मानिस जस्तै फेरिएका छन्

मान्छे जस्तै हुर्किएका छन् 

बाल्यकालमा हराएका छन् ।

 

जसरी प्रत्येक सपना झर्छ

एक जीवन जस्तै हराएकाे सपना

हाम्रो आकाश सपनाले भरिएको छ

आश्चर्यले भरिएको सपना हाम्राे 

 

म उज्यालो रातलाई हेर्छु

हावा अझै चलिरहेकाे छ

बेलाबेलामा अल्छी मानेर सुस्ताएकाे ऊ

हल्का झ्याउकिरीको आवाजमा रमाएकाे छ ।

 

मानिसहरूको आशा नै सपना 

एक रोग विरुद्ध दृढ रहन 

अब आशा हरायो

आशा मरेर गयाे अब ।

 

ताराहरूले दिने उज्यालो

सपनाले नै लगेकाे छ

हाम्रा सपनाहरू जस्तै जुन अँध्यारो हुन थालेकाे

हाम्रा लक्ष्यहरू जसले बाटो देखाउँछन्

 

आकाशमा ताराहरू चम्किन्छन्

बिर्सिएका सपना र रहर

एक दिन सम्झिने आशा छ

सायद त्यसपछि एक सपना हराउने छ ।