Logo

Student Corner

मेराे सिम्बाफलसम्मकाे यात्रा

Written by: Raj Manandhar - 31023, Grade VI

Posted on: 18 July, 2024

जेष्ठ २६ गते म आफ्नाे परिवारका साथ सिम्बाफल घुम्न गएँ । सिम्बाफल जाने बाटाे पहिले पिच थियाे भने पछि कच्ची हुँदै गयाे तर हामी अझै आधा घण्टा हिँड्नुपर्थ्याे ।  हामी साढे दुईतिर त्यहाँ पुग्याैँ । पहिले सजिलाे र सम्म बाटाे थियाे तर पछि कच्ची बाटाे र उकालै उकालाे आयाे । त्याे बाटाे एकदम चिप्लाे थियाे । हामी पहाडकाे माथि पुगेपछि हामीले थाहा पायाैँ कि हामी अर्काे बाटाे आइपुग्याैँ । त्याे ठाउँबाट हामी अझै एक घण्टा हिँड्नुपर्थ्याे । साढे चार भइसकेकाे थियाे त्यसैले हामी तल गयाैँ । तल जाँदा अझै चिप्लाे थियाे । म एकपल्ट चिप्लिएँ । तल पुगेपछि त्यहाँकै पानीमा खेल्याैँ र फर्कियाैँ । मेराे सिम्बाफलसम्मकाे यात्रा एकदम अविस्मरणीय रह्याे ।