Logo

Student Corner

संस्कृति

Written by: Sayuri Shrestha - 28017, Grade IX

Posted on: 17 July, 2024

देश छ हाम्रो संस्कृतिले भरेको 

हिमालदेखि पहाड र तराई 

सबैतिर छ हाम्रो आफ्नैपनकाे   

संरक्षण गर्नु मिलेर नेपाली जनले 

 

हिमालले ढाकिएको देश हाम्रो 

कर्ममा विश्वास गर्छन् कति राम्राे 

आफ्नो मातृभूमिलाई माया गर्ने

आफ्नै कलालाई पाैरख ठान्ने 

 

बनाउन देशलाई अझ सुन्दर,

कम्मर कसेका हेर नेपाली ती वीर

छैन कसैमा रिसराग र झगडा केही

नेपाली मिल्दाे पहिचान यही ।

 

छन् सबै जातजातिका आफ्नै सौन्दर्य 

छ मिलेको नेपालीपनको आफ्नै गाम्भीर्य

आफ्नै संस्कृति छ, कति सुन्दर अहो !

नबिर्सनु है आफ्नै नेपाली साझा भाषा हाे ।