Logo

Student Corner

मेराे देश

Written by: Anjila Sherpa - 30063, Grade VII

Posted on: 17 July, 2024

मेरो देश सुन्दर छ,

पहाड, तराई, हिमाल भेष।

हरेक दिन घाम उदाउँछ,

नेपाल हाम्रो आनन्द देश।

 

फूलहरू फुल्छन् बगैँचामा,

रहर लाग्दो दृश्य हरित छ।

नदीहरू बग्छन् गाउँगाउँमा,

नेपाल हाम्रो प्रीतिको छ।

 

जनता यहाँ मिलेर बस्छन्,

एक अर्कालाई माया गर्छन्।

संस्कृति, परम्परा झल्कन्छ,

नेपाली हाम्रो जीवनकाे अर्थ छ।

 

मेरा साथीहरू रमाइलो गर्छन्,

विद्यालयमा खेल्छन्, सिक्छन्।

सपना यहाँ साकार हुन्छन्,

नेपाल हाम्रो स्वर्गजस्तो छ।

 

मेरो देश, मेरो गर्व छ,

प्रकृतिको रीतिको धरोहर।

सधैँभरि यो मनमा बस्छ,

नेपाल हाम्रो सुन्दर छ।