Written by: Suphiyana Ghimire - 27016, Grade X
Posted on: 16 July, 2024
हिउँले ढाकेका ती हरिया वनपाखा
हुन् यस ठाउँका विशेषण सारा
तर अन्धकार र सुखका हतियार
हुन मेरा जीवनका बलिया सहारा ।
त्यही बिहानीमा बलेको त्यो तारा
बनेको छ पृथ्वीको चम्किने सहारा
आशासँग प्रकाशको किरण बल्दा
खुसी थिए मुस्कानले अनुहार ढाक्दा
नीला आकाशबाट झरेका ती सितारा
नदीमा बगेको पानी हो अमूल्य हिरा
तर फुटेका गालाबाट झरेका आँसु
चिरचिराउँदै गयो त्यही ठाउँको मासु
जली बग्ने ज्वालामुखीका राता ती ढुङ्गा
रगत जस्तै लाग्छ मेरै नसा चुडिँदा
डुङ्गा थिचिएर बनेको त्यो माटो
किन लाग्छ आफ्नै शरीर जस्तो
दिनदिनै थाहापाउँदै गएको छु
म प्रकृतिको बञ्जरमा हराउँछु
र बल्ल शान्तिको फूल फल्छ
अनि मलाई प्रक्रृतिले अँगालो हाल्छ ।