Logo

Student Corner

मेराेे देश

Written by: Ridika Gurung - 31024, Grade VI

Posted on: 16 July, 2024

मेराे देशकाे नाम नेपाल हाे । म नेपालमा बस्छु । नेपाल भूपरिवेष्टित देश हाे । नेपालकाे झन्डाअन्य देशका झन्डाभन्दा फरक छ । गाईलाई नेपालकाे राष्ट्रिय जनावर हाे भने राष्ट्रिय फूल लालीगुराँस हाे । नेपालमा धेरै जाजातिका मानिसहरू बसाेबास गर्छन् । विभिन्न जातजतिका आ आफ्नै वेशभूषा र रीतिरिवाज छन् । नेपालमा हिमाली क्षेत्र, पहाडी क्षेत्र र तराई क्षेत्र गरी नेपालमा तीन क्षेत्रहरू छन् । यी तीन क्षेत्रहरूमा विभिन्न जातजातिहरू बस्छन् । हिमालमा शेर्पा, पहाडमा ब्राह्मण, क्षेत्री, गुरुङ, मगर, तामाङ, मगर आदि बसाेबास गर्छन् भने तराईमा मैथिली, ठाकुर, धिमाल,राजवंशी आदि बसाेबास गर्छन् । धर्म संस्कृतिका दृष्टिकाेणले मात्र नभएर मेराे देश प्राकृतिक सुन्दरताका दृष्टिले पनि अत्यन्त धनी छ ।