Logo

Student Corner

नदी

Written by: Aarambha Dhakal - 30046, Grade VII

Posted on: 15 July, 2024

शनिबारकाे दिन थियाे । बिहानैदेखि झमझम पानी परिरहेकाे थियाे ।  पानीका कारण म र मेरो बुवा घर मै बस्नुपर्ने भयो । म पनि फुटबल खेल्न जान सकिन । साँझ पानी अलिकति रोकिएपछि म र छिमेकी दाइ घर नजिककाे नदी हेर्न गयाैँ । हाम्राे घर नजिक बागमती नदी छ । आज नदी धेरै क्रोधित थियो । पानीको बहाव बढेकाे थियो । नदीको आवाज धेरै थियो । त्यो दिन नदी फरक थियो । नदीको छेउमा एउटा पार्क थियो। हामी पार्कमा गयौँ । पार्कमा भिड थियो । सबै मानिसहरू नदी हेर्न चाहन्थे । अनि हामी केहीबेर पार्कमा हिँड्यौँ । केहीबेरमा हामी घर फर्कियौँ । मैले मेरी आमालाई भने कि हामी नदी हेर्न गएका थियौं। उहाँ पनि जान चाहनुहुन्थ्याे । तर मलाई त्यो थाहा थिएन । साँझ हामीले टिभीमा नदीको बारेमा हेर्‍याैँ । खोलाको बहाव यति धेरै थियो कि नदी सडकमा थियो, पार्कमा थियो, जताततै थियो, त्यो मानिसको घरघरमा पनि थियो । स्कुल जाँदा  मैले दैनिक रुपमा २ पटक बागमती नदीको पुल पार गर्नुपर्ने हुन्छ फर्किदा २ पटक । तीनकुने पुलमा पहिला र त्यसपछि पिङ्गलास्थानको  पुलमा ।  म स्कुल बसबाट नदी छेउमा  पार्क, सडक, रुख, पुल, मन्दिर  देख्छु । याे बागमती कहाँबाट आएर कता जान्छ हाेला जस्ताे लाग्छ । अनि मैले गुगल गरेर हेर्ने बिचार गरेँ । यो शिवपुरी राष्ट्रिय निकुञ्जको बगरबाट निस्कन्छ र दक्षिणतिर काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला हुँदै चाेभारबाट उपत्यकाबाट बाहिर निस्कने रहेछ । त्यसपछि मकवानपुर हुँदै सिन्धुलीकाे हरिहरपुरगढीकाे छेउहुँदै राैतहट सर्लाहीकाे बाटाेहुँदै भारतको गंगाको सहायक नदी घाघरा नदीमा मिसिन्छ। बागमती नदी  काठमाडौँ उपत्यकाका अन्य बिभिन्न साना/ठुला नदी मनोहरा,विष्णुमती,धोबी,टुकुचा,नखु,हनुमन्ते,गोदावरी,बल्खुखाेलाहरूसँग मिसिने रहेछ । 

पहिले बागमती सफा थियाे रे । मेरा बाहरू बागमतीमा नै नुहाउन, मुखधुन जानुहुन्थाे रे । तर मैले सफा बागमती देखेकाे छैन । कहिले सानाे र कहिले ठुलाे मात्र देखेकाे छु । नदीसम्म जाने बाटाे पनि हुन्न अहिले । फोहोरमैला फ्याँक्दा बागमती नदीमा प्रदुषण बढेको छ । यसका किनारमा घरहरू बनाएर पानीकाे बग्ने बाटाे छेकेकाेले नदी रिसाएकाे भन्दै हुनुहुन्थाे मेराे बाले । हामी सबै मिलेर नगरपालिकासँगै नदीको सरसफाई गर्नुपर्छ । नदीलाई उसकाे बाटाे दिनुपर्छ । नदी छेउमा भएका मन्दिरहरूकाे संरक्षण गर्नुपर्छ । 

याे पानी पर्न राेकिएपछि याे बागमती  कस्ताे हुन्छ हाेला । यसकाे मुहान कस्ताे छ कहाँ छ  हाेला । म पनि एक पटक हेर्न जान्छु ।