Logo

Student Corner

राताे मच्छिन्द्रनाथ

Written by: Drishya Pudasaini - 31041, Grade VI

Posted on: 04 July, 2024

राताे मच्छिन्द्रनाथ जात्रा एउटा रथ जात्रा हाे जुन ललितपुर जिल्लामा मनाइन्छ । अग्लाे रथमा भगवान राताे मच्छिन्द्रनाथलाई राखेर ललितपुरका विभिन्न ठाउँहरूमा लगेर भाेटाे देखाई समाप्त हुन्छ । राताे मच्छिन्द्रनाथ पानी र अन्नका देवता हुन् र उनलाई खुसी पार्न सके पानी पर्ने र अन्नबाली सप्रने विश्वास रहेकाे छ । याे जात्रा परापूर्व कालदेखि राजा नरेन्द्रदेवले सुरू गरेका हुन् । किम्बदन्तीअनुसार काठमाडाैँ उपत्यकामा बाह्र वर्षसम्म पानी परेन र पानीका मुहानहरू सबै सुके त्यसकारण अन्नबाली फलेन । तन्त्र विद्याबाट गुरू गाेरखनाथ रिसाएर नाै नागमाथि बसेर तपस्या गरिरहेका भन्ने बुझियाे । उक्त नागहरूलाई नछुट्याई पानी नपर्ने देखियाे । गाेरखनाथका पनि गुरू मच्छिन्द्रनाथलाई काठमाडाैँ ल्याएपछि गाेरखनाथले आफ्नाे गुरूलाई देखेपछि नाै ओटा नागलाई छाेडिदिए र काठमाडाैँमा फेरि पानी पर्न थाल्याे ।त्यसै बेलादेखि जेष्ठ शुक्लपक्षमा हरेक वर्ष मच्छिन्द्रनाथकाे जात्रा मनाउँदै आइएकाे छ ।