Logo

Student Corner

स्वास्थ्य

Written by: Bimarsh Raj Ghimire - 30064, Grade VII

Posted on: 01 July, 2024

आजभाेलिको समयमा देखेको एक ठुलो विकृति स्वास्थ्य हो । कतिपय मान्छेलाई शरीरको रोग तथा समस्याहरू लागिरहेको हुन्छ । कतिलाई मानसिक रुपमा समस्या भइरहेको हुन्छ। यस्तो हुने कारण मानिसले आफ्नो शरीरको राम्रो ख्याल नगरेर हाे । त्यसैले हामीले आफ्नो स्वास्थ्यतिर ध्यान दिनुपर्छ । 

मैले हामी सबै दिन दिनै जिम कि त स्वास्थ्यकेन्द्र गएर गाह्रो गाह्रो काम गर्नुपर्छ भनेको हैन । तर हामीले भर्खर दिनमा थोरै थोरै व्यायाम वा केही पनि जिउलाई एक्छिनका लागि कसरत दियौँ भने हाम्रो मानसिक र शारीरिक स्वास्थ्य दुवै एकदम असल हुन्छ । भारी केही उठाउनु पर्दैन । एक्छिन आधा घण्टा एक घण्टाका लागि कहिले काँही हिँड्न बाहिर गयौँ भने चाहिने जति शारिरिक गतिविधि पुग्छ र आफ्नो दिमाग शान्त हुन्छ । 

तर हामीले शारीरिक गतिविधि मात्र हैन हामीले आफूले खाएको कुराको पनि हेरचाह गर्नुपर्छ । आजकल प्याकेज गरेको तथा बनावटी खानाहरू एकदम लोकप्रिय भएको छ र सबैले त्यहीँ खाएर पेटमा धेरैको समस्या अनि रोग देखिएर उपचार गर्नुपरेको छ । त्यसैले हामीले स्वास्थ्य सुधार्न पोसिलो खाना छानी छानी खानुपर्छ । कहिले काँही प्याकेज भएको खाना खादा हुन्छ, तर धेरैजसो हामीले त्यसबाट जोगिनै रहनुपर्छ । त्यति भए हुन्थ्यो, तर स्वास्थ्यको लागि राम्रो खाना छान्दा पनि एकदम होसियार भएर छान्नुपर्छ । जस्तै, जब बेलुका हुन्छ र पसलवाला तथा ठेलाबाट बेच्ने मान्छेहरूले मूल्य घटाउँछ, त्यती बेला सस्तोमा किन्दा खाना बिग्रेको हुन सक्छ कि त केही भएको हुन सक्छ । त्यसैले हामी बिहान बिहानै ताजा फलफूल किन्नुपर्छ ।  यति गरेपछी हामीलाई न शारीरिक रोग लाग्छ, र आफ्नो व्यक्तिगत जीवनमा केही समस्या आएको छैन भने मानसिक रुपमा पनि ठिक हुन्छाैँ । कुनै बेला एकदम केही खान मन छ तर त्यो स्वास्थ्यको लागि त्यति राम्रो छैन भने केही हुँदैन, एक दुई हप्ताको समयबिच खाँदा हुन्छ, र थाकेको दिन आफूलाई बाहिर जान तनाव दिनुहुँदैन ।  अझै केही समस्या पर्‍यो भने हामी जहिले आफ्नो परिवार कि त कुनै मिल्ने साथीसँग कुरा गर्न सक्छौँ । आफ्ना भावनाहरू थुनेर राख्नुहुँदैन अनि आफ्नो जीवन शुद्ध र सफा अनि कामसँग बिताउनुपर्छ । अरूबाट ठिक नभए पनि जहिले हामी चिकित्सकसँग आएर आफ्ना मुस्किलहरू भन्दा हुन्छ ।