Logo

Student Corner

वर्षाको पहिलो थोपो

Written by: Shuvee Lamichhane - 29033, Grade VIII

Posted on: 28 June, 2024

वर्षाको पहिलो थोपो

वर्षा बाढी, पहिरो र आतङ्कको ऋृतु

वसन्तको त्यो सुन्दरता र वर्षाको त्यो कठोर सुन्दरता

प्रकृतिको कठोर स्वरूप हो, वर्षा ।

 

वर्षाको त्यो पहिलो थोपो,

देख्न पाए खोला नदी सबै नाच्दछन्

चराहरू पनि यस वर्षाको पहिलो थोपोमा रमाउँछन्

अनि, यसको चिसो तर न्यानो वातावरण

यो वातावरण, 

जुनमा, सबै जीव र जन्तु रमाउँछन् ।

 

वर्षाको त्यो पहिलो थोपो,

नदीको डरलाग्दो प्रवाह

र, भिरपाखाको पहिरो

मानवलाई प्रकृतिको दण्ड ।

 

तर, जे भए पनि

यस वर्षाको पहिलो थोपोमा
छम्छमी रमाउनुको अर्कै मजा हुन्छ
यो वर्षाको कठोरतामा रमाउनुको मजा नै अर्को हुन्छ ।

 

वर्षाको त्यो पहिलो थोपो,

प्रकृतिको रिसको ऋृतु

अभिशाप होइन वरदानको रूपमा हेर्न त खोज 

प्रकृतिको रिसलाई बुझ्न त खोज ।

 

भन्छन्, ढुङ्गा पनि देउता हुन सक्छ

आस्थाले हेर्न त खोज ।

वर्षाको त्यो पहिलो थोपो पछिको त्यो सुन्दर 

इन्द्रेणीलाई प्रेरणा स्वरूप हेर्न त खोज ।