Logo

Student Corner

मेरो प्यारो सिम्बा

Written by: Kritanjali Odari - 27018, Grade X

Posted on: 26 June, 2024

प्रिय साथी र एक्लो साथी, मेरो प्रिय कुकुर 

सधैँ मेरो साथ , सधैँ मेरो पाइला पिच्छे 

उसको आँखाभित्र मप्रति माया र बफादारी 

रहने छ सधैँ मेरो स्नेह र ममता उप्रति 

 

उठ्नसाथ, देख्छु उसको मुखमा मुस्कान 

उसको निलो आँखा, मेरो दिनको सुरुवात 

खेल्छौँ हामी घरको छतमा, दौडिन्छौँ छतैभरि 

उसको खुसी, मेरो खुसी, मेरो जीवनको प्रिय स्मृति 

 

सानो छ तर माया भने धेरै गर्न खोज्छ 

म रुँदा सधैँ  मेरो छेउँमा हुन्छ 

बोल्न नसक्ता पनि बुझ्ने गर्छ मेरो मन 

मेरो साथी र मेरो प्रिय सिम्बा 

 

उसको बफादारी र माया 

उसको त्यो हँसिलो मुहारले भरिन्छ मन 

जसरी उसले मेरो माया बुझ्छ

म उसको भाव पनि बुझ्छु त्यसरी ।