Logo

Student Corner

हर्क साम्पाङ

Written by: Himamsu Bal - 31009, Grade VI

Posted on: 24 June, 2024

स्वतन्त्र उममेरदार हृर्क साम्पाङले लाैराे चुनाव चिन्ह लिएर पैसा खर्च नगरी चुनाव जित्नुभएकाे थियाे । उहाँले वर्षाैँदेखि खानेपानीकाे समस्या रहेकाे धरानमा पिउने पानीकाे व्यवस्था गर्नुभएकाे थियाे । हर्क साम्पाङ विजयी हुनु भएर धरानकाे मेयर हुनुभयाे । सबैसँग श्रमदानकाे आह्वान गरेर धरानमा खानेपानीकाे समस्या हल गर्नुभयाे । हरेक शनिबार उहाँ आफैँ श्रमदानमा खटिनुभयाे । खानेपानीबाहेक नगर सुधारका कार्यहरू पनि उहाँले धरै गर्नुभएकाे छ । उहाँ सच्चा नेपाली नेता हुनुहुन्छ । उहाँ भ्रष्टाचार विराेधी, सम्पदाकाे संरक्षण र आधारभूत आवश्यकताका लागि सधैँ अग्रसर हुनुहुन्छ । उहाँ जस्तै जनताका लागि काम गर्ने अरू नेता भएमा हाम्राे देशकाे विकास हुन कति समय पनि लाग्दैन ।