Logo

Student Corner

खेलकुदकाे महत्त्व

Written by: Eva Adhikari - 29012, Grade VIII

Posted on: 21 June, 2024

खेलकुद मानिसको जीवनमा धेरै महत्त्वपूर्ण छ । यो केवल मनोरञ्जनको साधन मात्र नभई स्वास्थ्य र मानसिक विकासका लागि पनि आवश्यक छ । बाहिरी खेलकुद भनेको खुला ठाउँमा खेलिने खेलहरू हुन्, जसले हामीलाई शारीरिक र मानसिक रूपमा स्वस्थ राख्न मद्दत गर्दछ ।

बाहिरी खेलकुदको महत्त्व बुझ्नका लागि हामी यसको विभिन्न पक्षहरू हेर्न सक्छौँ । बाहिरी खेलकुद खेल्दा शरीरको व्यायाम हुन्छ, जसले हामीलाई स्वस्थ राख्न मद्दत गर्छ । दौडधुप, कुदाकुद, उफ्रीउफ्री खेल्ने खेलहरूले गर्दा हाम्रो श्वासप्रश्वास र मुटुको कार्यमा सुधार हुन्छ । पसिना निस्कँदा शरीरका विषाक्त पदार्थ बाहिर निस्कन्छन् । यसले तौललाई नियन्त्रणमा राख्छ र मोटोपनाबाट जोगाउँछ । खेलकुदले मानसिक स्वास्थ्य पनि राम्रो हुन्छ । यसले तनाव घटाउँछ र आत्मविश्वास बढाउँछ । टोलीमा काम गर्दा सहकार्यको भावना विकसित हुन्छ । खेलकुदले सोच्ने र योजना बनाउने क्षमतामा पनि सुधार ल्याउँछ । बाहिरी खेलकुदले समाजिक विकास पनि हुन्छ । यसले नयाँ साथी बनाउन मद्दत गर्छ र सम्बन्ध बलियो बनाउँछ । समूहमा खेल्दा सहकार्य र सहनशीलताको भावना बढ्छ । खेलकुदले अनुशासनको महत्त्व पनि सिकाउँछ । नेपालमा फुटबल, क्रिकेट, भलिबल, क्याटरम र ब्याडमिन्टन जस्ता खेलहरू धेरै लोकप्रिय छन् । यी खेलहरू विद्यालय र कलेजमा खेलाइन्छन् । यस्ता खेलहरूले विद्यार्थीहरूलाई सक्रिय राख्छन् र उनीहरूको सर्वाङ्गीण विकासमा मद्दत गर्छन् ।

 

बाहिरी खेलकुदको महत्त्वलाई नजरअन्दाज गर्न सकिँदैन । स्वस्थ जीवनयापनको लागि बाहिरी खेलकुद खेल्न आवश्यक छ । यसले शारीरिक, मानसिक र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ । खेलकुदलाई दैनिक जीवनको हिस्सा बनाउनुपर्छ ताकि हामी स्वस्थ, तन्दुरुस्त र सकारात्मक जीवनयापन गर्न सकौँ । खेलकुदको महत्त्व बुझेर सबैले यसलाई आफ्नो जीवनशैलीमा समावेश गर्नुपर्छ।