Logo

Student Corner

मेराे देश

Written by: Raj Manandhar - 31023, Grade VI

Posted on: 19 June, 2024

मेराे देश नेपाल प्रकृतिले भरिपूर्ण देश हाे । यहाँ धरै हिमाल, पहाड, नदीनाला र वनजङ्गल छन् । विश्वकाे अग्लाे शिखर सगरमाथा हाम्रै देशमा छ । विश्वका अग्ला दश ओटा हिमालहरूमध्ये नेपालमा आठओटा हिमाल छन् । नेपाल जलस्राेतकाे पनि धनी देश हाे । नेपाल पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म फैलिएकाे छ । उत्तरमा हिमाली क्षेत्र छ भने दक्षिणमा तराई क्षेत्र पर्दछ । हिमाली क्षेत्रमा अलि चिसाे हुन्छ भने तराई क्षेत्रमा अलि गर्मी हुन्छ । पहाडी क्षेत्रमा भने माैसम ठिक्ककाे हुन्छ । पहिले नेपालमा १४ अञ्चल ७५ जिल्ला थियाे अहिले नेपाल ७ ओटा प्रदेशमा बाँडिएकाे छ ।