Logo

Student Corner

बाढी र पहिरो

Written by: Aaron Singh - 32035, Grade V

Posted on: 07 June, 2024

हामीले हाम्रो देश वा समाजमा विभिन्न प्राकृतिक विपद् वा प्राकृतिक प्रकोप देख्न सक्छाैँ । 

प्राकृतिक विपद् जुनसुकै समयमा पनि हुनसक्छ । हिमाल, पहाड, तराई, गाउँ, सहर जुनसुकै ठाउँमा  प्राकृतिक प्रकोपकाे समस्या हुन्छ । यस्ताे समस्याबाट बच्न हामीले धेरै सतर्कता अपनाउनुपर्छ । यस्तो अवस्थामा हामीले सबै मानिसलाई सहयोग गर्नुपर्छ । विपद्ले धेरै कुरालाई अङ्गभङ्ग बनाउँछ । हाम्रो समुदायमा विभिन्न प्राकृतिक विपत् आएका  हुन्छन् । तीमध्ये एक हाे बाढी र पहिरो । बाढी र पहिरोले गर्दा धेरै क्षति हुन्छ। नदीको बाटोभन्दा बाहिर बगेर नदीको जल सतह बढ्नुलाई नै बाढी भनिन्छ । पहाडी क्षेत्रमा पहिरोको जोखिम हुन्छ । पहाडको खुकुलो भाग टुटेर बग्नुलाई नै पहिरो भनिन्छ । यसले गर्दा धेरै मानिसको ज्यान जान्छ । विभिन्न प्राकृतिक विपद्, आपत्  वा अप्ठ्यारो परेको बेला सुरक्षित रहनुलाई सुरक्षा भनिन्छ । हामी बाढीबाट सुरक्षित रहन विभिन्न पूर्व सूचना प्रणाली स्थापना गर्ने र तटबन्धको निर्माण स्थापना र स्तरउन्नति गर्ने गर्नुपर्छ ।  हामीले पहिरोबाट बच्न पहाडी क्षेत्रमा वृक्षरोपण गर्ने र धेरै भिरालो भएको ठाउँमा घर निर्माण नगर्ने जस्ता उपाय अपनाउनुपर्छ । यस्ता उपायलाई सुरक्षित उपाय भनिन्छ । हामी यस्ता उपाय प्रयोग गरेर सुरक्षित हुन सक्छौँ ।