Logo

Student Corner

नेपाल 

Written by: Prabal Dawadi - 2028024, Grade IV

Posted on: 24 September, 2020

नेपाल एसिया महादेशमा पर्छ। नेपाल भुपरिवेष्ठित राष्ट्र‌ हो। नेपालको पूर्व, पश्चिम र दक्षिणमा भारत पर्दछ भने उत्तरमा  चीन पर्दछ। नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण देश हो। नेपाल सानो भएपनि सुन्दर देश हो।

नेपालमा विभिन्न नदिनाला, ताल, वनजङ्गल, हिमाल, पशुपन्छी, चराचुरुङ्गी र वनस्पति पाइन्छन्। विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा पनि नेपालमा नै रहेको छ। त्यस्तै विभिन्न तालहरू जस्तै- रारा ताल, तिलिचो ताल, फेवा ताल पनि यहाँ छन्। धेरै खालका जीवजन्तु र चराचुरुङ्गीहरू पनि यहाँ पाइन्छन्। यसरी नेपाल प्राकृतिक सम्पदाको रूपमा धनी छ। 

नेपालमा विभिन्न मठमन्दिर, धार्मिक स्थल, गुम्बा, मस्जिदहरू पनि रहेका छन्। नेपाललाई विभिन्न जातजातिको साझा फूलबारीको रूपमा पनि चिनिन्छ। यहाँ विभिन्न धर्म, संस्कृति र परम्परा मान्ने मानिसहरू बसोबास गर्दछन्। नेपाललाई वीर गोर्खालीको देश पनि भनिन्छ ।  संसारका मानिसहरूले नेपाललाई बुद्धको देश, हिमालको देश अर्थात सगरमाथाको देश र  वीरताको देश भनेर चिन्ने गर्दछन् । त्यसैले  मलाई नेपाली हुनुमा गर्व छ।