Logo

Student Corner

पानीको महत्त्व

Written by: Selena Bhattarai - 30041, Grade VII

Posted on: 03 June, 2024

पानी भनेको हाम्रो जीवनको लागि चाहिने एकदमै महत्त्वपूर्ण कुरा हो | यो तत्त्व मानिसहरूलाई मात्र हैन सबै जीवजन्तुहरूलाई पनि चाहिन्छ। यो तत्त्व बिना कुनै पनि जीव जीवित रहँदैन। यसका धेरै फाइदा रहेका छन् । यो मानिसहरूलाई खाना पकाउन, लुगा धुन, भाँडा माझ्न जस्ता विभिन्न कुराहरूका लागि चाहिएको हुन्छ । पिउने पानी सफा हुनुपर्छ। यदि पिउने पानी सफा छैन भने मानिसहरूलाई विभिन्न रोग लाग्न सक्छ। पानीका विभिन्न स्रोतहरू हुन्छन जस्तै: नदी,ताल, झरना,आदि। पानी बादलको कारणले आउँछ। सबैभन्दा सुरुमा घामले गर्दा खोला, समुद्र, नदी आदिबाट पानी बाफको रुपमा माथि जान्छ र बादल बन्दछ। त्यही बादल बिस्तारै चिसोका कारण पानीमा परिणत हुन्छ र गह्रौँ हुँदै जान्छ र त्यही पानी बर्सातको रुपमा जमिनमा खस्दछ। यही प्रक्रिया चलिरहन्छ। यस प्रक्रियालाई जल्चक्र (water cycle) भनिन्छ। बर्सातको पानी सबैभन्दा सफा हुन्छ। बर्खा याममा सबैभन्दा धेरै मात्रामा पानी परेको हुन्छ। पानीबिना रुखबिरुवाहरू पनि जीवित रहँदैनन्। यस पृथ्वीमा पानीको मात्रा करिब ७०% छ। यस पृथ्वीमा पानी भएकाले नै यहाँ जीवन सम्भव छ। अन्तिममा भन्नुपर्दा हामीहरू आजकल पानीलाई धेरै फोहोर बनाइरहेका छौँ । मानिसहरूले पनि नेपालका धेरैजस्ता खोलाहरूमा ढल मिसाइदिइरहेका छन्। यो समस्या नेपालमा मात्र होइन, अरू विभिन्न ठाउँहरूमा पनि छ होला । यही समस्यालाई हामीले हुन दिनुहुँदैन । अफ्रिका लगायतका अन्य देशहरूमा पानीको अभाव रहेको छ। यस समस्यालाई पनि रोक्ने उपाय खाज्नुपर्छ।