Logo

Student Corner

अन्नपूर्ण बेस क्याम्पको यात्रा

Written by: Aarav Timilsina - 28028, Grade IX

Posted on: 22 May, 2024

हामीले हाम्रो यात्रा पोखराबाट सुरु गर्याैँ । १ दिन पोखरामै घुम्दै हामीले आरोहणको लागि चाहिने सामग्रीहरू किन्याैँ । अर्को दिन हामी दिउँसो  गाडी चढेर पोखरा देखि लेगुवा गयाैँ । ३ घण्टाको यात्रा सवारपछि हामी लेगुवा पुग्याैँ । त्यहाँ हामीले भरियालाई भेटेर हाम्रो सम्मान जिम्मा लगायौँ । एकछिन अलमल गरेर हामी आफ्नो बाटो लाग्याैँ । यो यात्रामा मेरो परिवार र मेरो बुवाको साथीको परिवार गएका थियाैँ । लेगुवाको बाटोमा एक लामो झाेलुङ्गे पुल थियाे । त्यहाँ फोटो खिचेर हामी आफ्नै बाटो लाग्याैँ । त्यहाँको शीतल भाव धेरै नै राम्रो थियाे ।  हरियालीले भरिपूर्ण जङ्गल र विभिन्न प्रकारका फूलले ढाकिएका तरेली । हामी हिँड्दा हिँड्दै  त्यो भावमा रमाइरहेका थियाैँ । 

हामीले बाटोमा हिँड्दा हिँड्दै प्रकृतिमा भएका धेरै कुरा याद गर्याैँ । हाम्रो गाइडले हामीलाई प्राकृतिक तातो पानीबारे जानकारी दिए । त्यो प्रकृतिको एक असामान्य उपहार थियाे । जब आरोहणपछि आरोहीहरू फर्किन्छन्,  त्याे तातो पानीमा जिउ सेकाउने इच्छा हुन्छ र ताताे पानीले जिउ सेकाउँछन् । त्याे जाेसुकैलाइ पनि निकै सम्झनलायक थियाे ।  हामीले फर्किँदा त्यो ठाउँको भ्रमण र त्यहाँकाे

 आनन्द लिने विचार गर्याैँ । बेलुका अँध्यारो हुँदासम्म हामी हाम्रो गन्तव्य पुगिसकेका थियाैँ । बाटोमा हामीले  सबैलाई ३ समूहमा विभाजन गरेका थियाैँ । ६ बजेतिर समूह १ र २ त पुगिसकेको थियाे तर समूह ३ लाई ढिला भैरहेको थियो । धेरै कुरेपछि उनीहरू आए र हामीले हाम्रो खानपिनको काम गर्याैँ । त्यसपछि हामीले लोवर चाम्राेङमा रात बितायाैँ । अब जाडो असाध्यै बढ्दै गइरहेको थियो । हामी दिनको थकाइले छिट्टै निदायौँ। 

 

अर्को दिन म बिहान नित्यकर्म सकेर खाजासाजा खाएपछि हामी फेरि आफ्नो बाटो लाग्याैँ । अब हामीले त्यहाँको दृश्य याद गर्न थाल्याैँ । हिउँले ढाकेका सेताम्मे हिमालहरू, घाममा मोतीझैँ टलक्क टल्किएका थिए । बाटोमा गीत सुन्दै म आफ्नै तालमा जम्दै थिएँ । हिउँ हेर्नेहरू स्वदेशी र विदेशीहरूकाे ठुलै जमात थियाे । धेरै प्रयासपछि त्यो भिडभाड भएको ठाउँबाट निस्केर आफ्नो बाटो लागेँ । म एक्लै हिँड्दै थिएँ । करिब २ घण्टाकाे हिँडाइपछि हिमालय भन्ने ठाउँमा पुगियाे । त्यो ठाउँ खासगरी विदेशी पाहुनाहरू लक्षित थियाे । निकै सुन्दर र आकर्षित थियाे । हिमाली / पहाडी क्षेत्रमा सजिलै नपाउने सुविधाहरू पनि त्यहाँ थिए । त्यो ठाउँमा हामी सबै बसेर केही खाने कुरा खायाैँ । त्यसकाे आनन्द लियाैँ । त्यसपछि हाम्राे फर्किने यात्रा सुरू भयाे र फर्कियाैँ ।