Logo

Student Corner

आईसीसी टि20 पुरुष विश्व कप र नेपाल क्रिकेट

Written by: Sambid Dhakal - 30028, Grade VII

Posted on: 20 May, 2024

नेपाल एक सानो देश हो। यो पूर्णरूपमा विकसित भएको पनि छैन। नेपालमा धेरै खेलकुदहरू खेलिन्छन्। जसमा  क्रिकेट पनि एक हो। अहिलेको समयको कुरा गर्नुपर्दा नेपाल क्रिकेट सङ्घले धेरै दर्शकको साथ र प्रेरणा पाएको छ। छोटो समयमा लामो छलाङ मारेको नेपालले आगामी महिना अमेरिका तथा वेस्ट इन्डिजमा हुने टि20 पुरुष विश्व कप खेल्न गइरहेको छ। यसमा नेपालको प्रदर्शन सम्माननीय हुन्छ भन्ने नेपाली समर्थकको आशा छ। विश्वकपमा २० टिम सहभागी छन्, जसलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘क’मा  भारत, पाकिस्तान,  आइल्यान्ड, क्यानडा र अमेरिका छन्। त्यसैगरी समूह ख मा  इङ्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड तथा ओमान रहेका छन्। त्यसैगरी  तेस्रो समूहमा  न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगाण्डा र पपुवा न्युगिनी छन्। विश्वकपको अन्तिम समूहमा  नेपालसहित  साउथ अफ्रिका, श्रीलङ्का,बङ्गलादेश र नेदरल्यान्ड छन्। समूह चरणमा नेपालले नेदरल्यान्डलाई हराउने  कुरामा  नेपालका समर्थकहरू  आशावादी छन्। अझ विश्वकपका नेपालका खेलहरूमा  स्टार्सपिनर सन्दीप लामिछाने  आउने भएकाले  समर्थकहरुमा थप उत्साह बढेको छ। नेपालले जुन ४ मा नेदरल्यान्डसँग, जुन १२ मा श्रीलङ्कासँग, जुन १५ मा साउथ अफ्रिकासँग र जुन १७ मा बङ्गलादेशसँग खेल्नेछ। नेपालका समूहमा रहेका चार टिममध्ये नेपालले तीनवटा टिमलाई हरायो भने  नेपाल शीर्ष आठमा  पुग्नेछ र लगत्तै २०२६ को विश्वकपमा पनि  स्थान पक्का गर्नेछ। नेपालका लागि १५ सदस्य टोली पनि घोषणा भइसकेको छ। जसमा कुशल भुर्तेल,कप्तान रोहित पौडेल,अनिल शाह, आसिफ शेख,कुशल मल्ल,दिपेन्द्र, सिंह ऐरी,ललितनारायण राजवंशी,करण केसी,गुल्सन झा,सोमपाल कामी, प्रतिश  प्रतिस जिसी, सन्दीप जोरा, अविनाश बोहरा, कमल सिंह ऐरी र सागर ढकाल, त्यसैगरी सन्दीप लामिछाने पनि अटाएका छन्। यी खेलाडीहरूमध्ये  कुनै १ प्लेयरलाई सब्सिट्युटमा (सट्टामा) राखिनेछ। नेपालले यो विश्वको पहिलोपटक खेल्न लागेको भने होइन।  नेपालले २०१४ मा पनि  बंगलादेशमा भएको  विश्वभरको विश्व कप खेलेको थियो। नेपालको वर्तमान टोलीमा रहेका सोमपाल कामी  मात्र एक खेलाडी हुन् जसले  दोस्रोपटक नेपालको तर्फबाट यो विश्वकप खेल्दैछन्। नेपाली टोलीको कुरा गर्ने हो भने ओपनरका रूपमा  कुशल भुर्तेल, आसिफ शेख,  तथा अनिल शाहलाई प्रयोग गर्न सकिन्छ त्यसैगरी मिडल अर्डरमा  रोहित पौडेल  दिपेन्द्र सिंह ऐरी गुल्सन झा सन्दिप जोरा  कुशल मल्ल जस्ता खेलाडीलाई प्रयोग गर्न सकिन्छ र  फिनिसरका रूपमा अन्त्यमा  कमल सिंह ऐरी,  प्रतिश जिसी,  सोमपालकामी करण केसी,  अविनाश बोहरा सागर ढकाल र सन्दीप  लामिछानेबाट छानेर खेलाउन सकिन्छ। नेपालका कप्तान रोहित कुमार पौडेलले आफ्नो टिम मैदानमा  सक्दो राम्रो प्रदर्शन गर्ने  बताउँछन्। यो विश्वकप नेपालको लागि  ठूलो अवसर पनि हो। नेपाल क्रिकेटका वर्तमान दिनहरूलाई हेर्दा   हामी भन्न सक्छौँ कि नेपालले आगामी विश्वकपमा राम्रो प्रदर्शन गर्नेछ र नेपालले वर्तमानमा भारत पाकिस्तान अस्ट्रेलिया जस्ता बलिया राष्ट्रलाई पनि हराउन सक्छ भन्न सकिन्छ। जय नेपाल। जय क्रिकेट।