Logo

Student Corner

मनै लाेभ्याउने घान्द्रुक

Written by: Anushka Kalu - 27025, Grade X

Posted on: 15 May, 2024

गएकाे दसैँ बिदामा म आफ्नाे परिवारका साथ पाेखरा हुँदै घान्द्रुक गएकी थिएँ । याे यात्रा निकै रमाइलाे थियाे । पहिलाे दिन हामी बिहानै गाडी रिजर्भ गरी विमानस्थल गयाैँ । करिब ७ः ३० बजे तिर जहाजबाट हामी ३० मिनेटमा पाेखरा पुग्याैँ । पाेखरा पुगेपछि केही समय हाेटल नपाएर भाैतारिनु परेकाे थियाे ।  जेनतेज एउटा हाेटल फेला पर्याे । हाेटलमा पुगेर कपडा फेरेपछि हामी खाजा खान फेवाताल नजिकैकाे हाेटलमा गयाैँ । हाेटलमा निकै मिठा मिठा परिकारहरू थिए । हामीले ती आफूलाई मन पर्ने परिकार अर्डर गऱ्यौँ र खायौँ । खाजा खाएर बाहिर निस्कँदा होटल नजिकै साइकल भाडामा दिनका लागि राखिएको रहेछ । बाबालाई निकै कर गरेर बल्लतल्ल मनाएपछि साइकल भाडामा लियौँ र एक घण्टाजति त्यतातिर घुम्यौँ ।

भोलिपल्ट सबेरै उठेर हामी हाम्रो रिजर्भ बस चढेर घान्द्रुकतिर लाग्यौँ । बिच बिचमा केहीछिन गाडी रोक्दै शौचालय जाँदै गरी सुन्दर दृश्यहरू हेर्दै हामी अगाडि बढ्याैँ । घान्द्रुकमा हामी जाने होटलसम्म गाडी नजाने भएकाले हामी हिँड्दै गयौँ । करिब २० / ३० हिँडेपछि हामी होटलमा पुग्यौँ । हातखुट्टा धोएपछि भोक धेरै लागेको हुनाले खाजा खायौँ ।  फोटो खिच्यौँ । केही समय सुस्ताएपछि हामी बजारबाट देखिने मनमोहक दृश्य  हेर्न गयौँ । 

एक छिनपछि बजार गएर हामीले सामान किन्याैँ । ती सामानलाई हामीले काेसेलीका रूपमा दिने याेजना पनि बनायाैँ । सामान किनेर बाटाेमा फर्किदै गर्दा हामीले एउटा पसलमा गुरूङ र तामाङ जातिका साँस्कृतिक पाेसाकहरू भाडामा राखेकाे देख्याैँ । आमाकाे चाहनाअनुसार हामी सबैले एउटा एउटा पाेसाक लगाएर फाेटाे पनि खिच्याैँ । पाेसाकहरू वास्तवमा निकै आकर्षक र सुन्दर थिए । यस्तो सुन्दर पोसाक लगाएर मैले घान्द्रुकबाट देखिने सुन्दर र विशाल हिमाल क्यामेरामा आउने गरी फोटो खिँचे । अनि हामीले टिकटक पनि बनायौँ । अगि भाडामा लिइएका ती पोसाकहरू फिर्ता गऱ्यौँ । त्यसपछि हामी  घान्द्रुकको मिठो स्थानीय थकाली खाना खान गयौँ । थकाली खाना हामीलाई चरेसको थालमा खान दिइएको थियो । खाना तात्तातो र स्वादिष्ट थियो । खानामा पनि धेरै परिकारहरू थिए ।  खानापछि हामी घान्द्रुकको बजार हुँदै हामी बसेको हाेटलमै फर्कियाैँ । केही छिन आराम गरेपछि तास खेल्यौँ । तास खेल्दै गर्दा साँझ परिसकेको थियो । बेलुका बाबाले सेकुवा खाने कुरा गर्नुभयो । सेकुवासँगै बाबाले रक्सी पनि पिउनुभयो । हामीले सुमधुर गीतहरू पनि सुन्यौँ । गीतको तालमा हामी नाच्न थाल्यौँ । नाचेर थकित पनि भयौँ अनि मस्तसँग सुत्यौँ । 

भोलिपल्ट बिहानै सूर्योदय हेर्न उठेका थियौँ । आफ्ना नित्यकर्म सकेपछि सूर्योदय हेर्न छतमा गयौँ । त्यहाँबाट देखिने सुन्दर सूर्योदय र मनमोहक दृश्य हेर्दै चिया पियौँ । चिया पिएपछि एकछिन सुस्तायौँ । त्यसपछिको हाम्रो गन्तव्य भनेको घर फर्किनु थियो । हामी बसेको होटलसम्म गाडी नआउने हुनाले हामी गाडी भएको ठाउँसम्म हिँडेर गर्यौँ घरतर्फको हाम्रो यात्रा सुरु भयो । 

यसरी मेरो दसैँ बिदामा परिवार सहितको घान्द्रुक यात्रा निकै रोमाञ्चक थियो । त्यहाँका मानिसहरू पनि निकै सहयोगी र मिजासिला थिए । घुम्नु वा यात्रा गर्नु भनेको मनोरञ्जन मात्र नभएर ज्ञान र अनुभव बटुल्ने ठाउँ रहेछ भन्ने कुरा मेरो यात्राको अनुभव रह्यो ।