Logo

Student Corner

आमा

Written by: Shreeda Risal - 29031, Grade VIII

Posted on: 15 May, 2024

 

धर्तीमा जन्म दिई  संसार देखायाै

बोल्न सिकायाै र हिँड्न सिकायाै

 

राम्रो र नराम्रो सिकाएर सत्य देखायाै

माया र हेरचाह दिने तिमी मेरो प्रेरणा भयाै

 

तिमी बिरुवा हौ , म बिरुवाको एक भाग हुँ

तिमी शिक्षक हौ   म तिम्री  चेली  हुँ

 

भोकै बसेर तिमीले मलाई खुवायाै

पीडा छ तर मलाई देखाइनाै लुकायाै

 

तिमीले मलाई सधैँ माया गरेकी छौ

 जति अरू कसैले गरेको छैन

 

तिमीले मेरो ख्याल राखेकी छौ 

जति अरू कसैले राखेको छैन

 

तिमीले मेरो आँखाबाट आँसु आउन दिइनौ

तिमीले मलाई सबै कुराबाट जोगायाै

 

तिमीले कहिल्यै आफ्नो ख्याल गरिनौ

सन्तानकाे खुसीमा आफ्नाे खुसी देख्याै ।