Logo

Student Corner

जातीय भेदभाव

Written by: Parisa Nepal - 27033, Grade X

Posted on: 13 May, 2024

जातीय भेदभावले विश्वभरका अनुमानित २६ करोड मानिसहरूलाई असर गर्छ । जसमध्ये अधिकांश मानिसहरू दक्षिण एसियामा बसोबास गर्छन् । यसमा नागरिक, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको व्यापक उल्लङ्घन समावेश भएकाे छ । जाति व्यवस्थाले मानिसहरूलाई विभाजन गरेकाे छ । उनीहरू समाजमा अछुत भनेर चिनिन्छन् । सार्वजनिक र निजी दुवै क्षेत्रमा तथाकथित अछुत प्रथाको अधिनमा छन् । प्रायः जबरजस्ती जोखिमपूर्ण काममा लगाइन्छ र धेरैलाई जबरजस्ती श्रमको बन्धक बनाइन्छ । राज्य र गैर - राज्य दुवै पक्षले गरेको बहिष्कारको  कारण अधिकांश दलितहरूलाई गरिबीमा राखेर स्रोत, सेवा र विकासमा उनीहरूको पहुँच सीमित छ । छुवाछुत र जातिवादजस्ता मुद्दाहरू ग्रामीण क्षेत्रमा अझै पनि सामान्य रूपमा लिइन्छ ।

यसको कारण जातिवादले गहिरो जरा गाडेको परम्परा हो । वयस्क मात्र होइन, बालबालिका पनि यस प्रकारको भेदभावको सिकार हुन्छन् । सामुदायिक होस् वा निजी विद्यालयकाे  खेल मैदानमा पनि धेरै बालबालिका जातीय विभेदका कारण अपमानित हुन्छन् जातीय भेदभाव मानवअधिकारको गम्भीर उल्लङ्घन मात्र होइन दिगो विकासकाे लक्ष्य हासिल गर्नको लागि ठुलो बाधक पनि हो । जातीय विभेदका पीडितहरू खानेपानी, विद्यालय, स्वास्थ्य सेवा, बजार र रोजगारीमा  वञ्चित छन् । 

दलितहरूलाई सुन बनाउने, दर्जी, जुत्ता बनाउने र सडक सफा गर्न जातीय आधारमा काम गर्न लगाइएको छ । गरिबी र जीविकोपार्जनका अन्य साधनहरूको अभावले दलितहरूलाई आफ्नो परम्परागत पेसालाई निरन्तरता दिन बाध्य बनाउँछ । उनीहरूले आफ्नो श्रमको उचित पारिश्रमिक पाउँदैनन् । दलित मिहलाहरू अरू काम नगरी  परम्परागत काममा श्रीमानलाई सहयोग गर्छन् । हलिया प्राथा (बन्धित श्रम) वा खल प्राथा (बर्जित श्रम) मा काम गर्नेहरूले आफ्नो कामबाट पनि कमाउन सक्दैनन् ।