Logo

Student Corner

स्थापित गर्नु छ समानता

Written by: Anushree Acharya - 28002, Grade IX

Posted on: 10 May, 2024

 

हेर्दै छु मानिसको भाग्य कस्तो हुन्छ 

पढ्न पाउनेहरू 

पढ्दिनँ भन्छन्  

मात्तिएर हिँड्छन् 

फजुल खर्च पिटाएर 

बा आमाको आँशुलाई 

कुनै परवाह नगरी लर्खराउँछ्न्

केही मान्छेहरू गन्तव्यहीन बाटोमा ।

पढ्न नपाउनेहरू

तड्पिएर पढ्न खोज्छन् ।

लुकी लुकी अक्षरमा

आफ्ना औँलाहरू डुलाउँदै

धिप्धिपे बत्तीको साहारामा 

हातमा भाग्यका रेखाहरू कोर्न खोज्छन् 

आफैँ एउटा चित्रकार बनेर ।

हुँदा खाने 

र हुने खानेको खाडल

समाजका अन्धविश्वासले

कक्रिएका मनहरू

नारी र पुरुष बीचका असमानताहरूले

कठ्याङ्ग्रिएका बस्तीहरूमा 

चेतनाकाे उज्यालो

बिउ छर्नु छ 

तोड्नु छ 

कुरीति र अन्धविश्वासलाई

फाल्नु छ 

अँध्यारा रातहरू 

र, 

ल्याउनु छ सुनौलो बिहानी 

हरेक मनहरूमा,

घन्काउनु छ समानताका नाराहरू

भत्काउनु छ 

छोरा र छोरी बिचका विभेदका पर्खालहरू

र स्थापित गर्नु छ समानता

बनाउनु छ 

"आहा !  मेरो देश "