Logo

Student Corner

आमा

Written by: Amu Shakya - 27021, Grade X

Posted on: 09 May, 2024

म मेराे शरीरलाई नियालेर हेर्छु, शरीरभित्र निहित प्रवृत्ति एवम् प्रकृतिलाई नियालेर हेर्छु । मानिस लगायत अरू प्राणीहरूकाे पनि शरीर र अन्तर्निहित प्रकृतिहरूलाई हेर्छु र निचाेडमा पुग्छु । त्यसकाे श्रेय एक व्यक्तिलाई जान्छ - आमा । आमा, तिमी भगवान् समानकी हाै अथवा भगवान् भन्दा पनि ठुली हाै । तिम्रै संविद् र अनुभवकाे सुस्केराले मेराे जीवनकाे प्रत्येक पाइलामा पाठहरू थप्याे । मेराे अपेक्षित कण्टकाकीर्ण पर्यावरणलाई शस्यश्यामला वातावरणमा रूपान्तरण गर्याै । मेराे जीवनमा ज्ञानकाे र संविद्काे राेपण गरी सहजताकाे बीजाधान गर्‍याै । समष्टिमा मेराे व्यक्तित्व विकासमा अतुलनीय याेगदान दियाै । मेराे एउटै मात्र सपना र महत्त्वाकाङ्क्षा छ - शान्ति, मातृत्व र ऐश्वर्य । 

'जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी' मेराे आदर्श हाे । आमाकाे काखमा निद्रानन्दानुभूति गर्ने म विदेशी हाेटलमा सुत्न मन पराउँदिन । आमाकाे काखमा मिठाे निद्रा र मिठाे सपनाकाे आभास छ । आमाकाे काखमा माथ राखेर समष्टि शरीरलाई प्रह्लाद तुल्याउने आँतलाई काठकाे खाटले तृप्त पार्न सक्दैन । आमाकाे गालीमा हुने ममता कसैकाे सक्कली प्रणयभन्दा पनि विशाल हुन्छ । आमाकाे स्पर्शमा हुने बर्कत चरमाेत्कर्षकाे अप्रत्यक्ष साङ्केतिक भाषा हाे । आमाकाे सामीप्यमा हुने भाव अनुशासनकाे वैशिष्ट्य पाठ हाे । आमाकाे कमलकाेटीकरण स्वभाव मेराे बानी व्यवहारकाे परिष्कारकाे आधार हाे । 

मेरी साेझी आमालाई सन्तानमाराकाे अफवाह सुनाएर 'आमा' शब्दकाे अर्थापकर्ष गर्न खाेजेकाे मलाई मन पर्दैन । मबाट आमालाई वञ्चित पार्न खाेज्ने पशुरूपी मानव देखेर मेराे आवेग पराकाष्ठामा पुग्छ । अत्याधुनिक समाजमा अभिभावकभक्ति भनेेर अपरिपक्व अत्याधुनिक मानिसहरूले गिज्याउलान्, हाँस्लान् वा नकारात्मक टिप्पणी गर्लान् तर मलाई त्यसकाे पर्वाह छैन । मलाई किन हाे किन त्यही युग मन पर्छ, जहाँ आमाकाे सम्मानमा आमालाई ढाेग गरिन्छ र पाउ छाेइन्छ । मलाई हालैकाे अत्याधुनिक स्वार्थी समाज मन पर्दैन, जहाँ आमाकाे मुख हेर्ने दिनमा कृत्रिम अभिषेकले अभिसिञ्चित पार्दै सामाजिक सञ्जालमा शुभकामना व्यक्त गर्छन् र व्यावहारिक पक्ष तथा आडम्बरी पक्षमा असमञ्जस्य अवस्थालाई सशक्तता दिन्छन् । 

 

मेरी आमा मेराे लागि ऐश्वर्य हुन्, उनकाे व्यवहार शान्ति र मातृत्व ! उनकाे मेराे निम्ति विशुद्ध पारमार्थिक सेवा अतुलनीय याेगदान हाे । मेराे असफलतामा आश्वासन दिई सफलताकाे निम्ति अनुप्राणित गर्नुहुने मेरी आमा ज्याेत्स्ना हुन् जसकाे किरण अनन्त छ । मेराे व्यावहारिक अन्तश्चक्षु वृद्धि गर्नु हुने मेरी आमालाई त्रिरत्नकाे समेत दर्जा दिन जटिल छ । मेरी आमाकाे हात सफलताकाे साेपान हाे तर 'सिद्धहस्त'काे दर्जा कम नै पर्छ । मेरी आमाकाे केश उनकाे याेगदानकाे अति सूक्ष्म सङ्क्षिप्त वर्णन  हाे जुन वर्णन अनगिन्ती छ । मलाई विश्वबन्धुत्वकाे पाठ सिकाउनु हुने मेरी आमा त्यस्ताे मानवीय प्रतिमा हुन् ,जाे आवश्यकताअनुसार स्नेह गर्छिन् र प्रणययुक्त  गालीगलाैज गर्छिन् । 

मेरी आमाकाे आशीर्वाद अदृश्य तर अपरिहार्य साेपान हाे, जसले सफलताकाे निकटमा पुर्‍याउँछ । आमा त्यस्ती स्वर्ग हुन्, जहाँ केश र परेलामा नन्दन छ र समग्र शरीरमा वाष्पकण र अप्सरा नृत्य मग्न छ । मेराे निम्ति एउटै विश्व छ, त्याे हाे आमा र एउटै सपना छ, त्याे हाे आमाकाे मनाेतृष्णापूर्ति । आमाकाे याेगदानकाे ऋण भुक्तानी गर्न म असक्षम नै छु, विकल्पस्वरूप तमसुक निर्माण गर्न पनि असक्षम नै छु । मात्र पुकार्न सक्छु-'मातृ देव भवः' । तिम्राे मुख हेर्ने दिनमा मात्र तिम्राे सामीप्यमा बसेर कृत्रिम ममता देखाउने पुत्र म हाेइन । तिमीसँग भएकाे मातृत्व जस्तै मसँग पनि एक पुत्रत्व छ र अभिभाराबाेध पनि ।