Logo

Student Corner

नेपाली माटाे

Written by: Aliza Sherchan - 29048, Grade VIII

Posted on: 09 May, 2024

फूलको सुगन्ध ल्याउने

अनमाेल शक्ति छ यो माटाेमा

नेपालीहरूकाे शिर भएर उभिएकाे हिमालमा

सूर्यको पहिलाे झुल्का पर्छ यो माटाेमा

 

धेरै पुराना किस्सा छन् यो माटाेमा

धेरै नयाँ अवसर छन् यो माटाेमा

प्रकृतिको सुन्दरता र नेपालको माया

बसेकाे छ हाम्राे मनमा 

 

गौरव, शान्ति र समृद्धि नेपालकाे

संस्कृति,  भाषा र धर्म हाम्राे

 मिलेर बसेका छाैँ यही  माटाेमा

एकता, समता, नेपाली भाइचारा छ यहाँ

 

साना साना गाउँहरू

गाउँछन् गीत नेपाली भाषामा

नेपाली जीवनको याे हाम्राे साथ

हाम्रो खुसी, हाम्राे जीवन छ यही माटाेमा