Logo

Student Corner

हाम्रो देश नेपाल

Written by: Prasiddha Shrestha - 2027016, Grade V

Posted on: 22 September, 2020

हाम्रो देश नेपाल प्राकृतिक साधनले  एकदम धनी देश  हो । हाम्रो देश नेपाल जलश्राेतमा दाेश्रो धनी देश हो । विश्वमा धेरै ठूला साना देशहरू छन । विश्वसामु नेपाल पनि एउटा सानो देश हो । नेपाल विश्वमा दुई ठुला देशहरू चीन र भारतकाे बिचमा रहेकाे छ । हाम्रो देश नेपालमा धेरै नै मठमन्दिरहरू छन्, जहाँ हेरे पनि जता गए पनि पाइला नै पिच्छे साना ठूला मन्दिरहरूका साथै दुङगेधाराहरू पनि भेटिन्छन् । हाम्रो देशमा विभिन्न भेषभूषा विभिन्न भाषा बोल्ने मानिसहरू बसोबास गर्छन् । हाम्रो देशलाई हिमाल, पहाड र तराईमा बिभाजन गरिएको छ । हाम्रो देशमा बिश्वको सर्वोच्च शिखर सगरमाथा पनि रहेको छ । जसकाे उचाइ ८८४८ मिटर  छ । त्यस्तै अन्य हिमालहरू पनि हाम्राे देशमा रहेका छन् । सगरमाथालगायत सबै हिमालहरूले गर्दा विश्वसामु हाम्रो देश नेपालको नाम उच्च रहेको छ । नेपालमा सानाठुला थुप्रै तालहरू पनि रहेका छन् । तीमध्ये  फेवाताल, राराताल, बेगनास ताल, तिलिचो ताल निकै नै प्रसिद्ध तालहरू हुन् ।  यिनै हिमालहरू र तालहरूका साथै प्राकृतिक दृश्यहरूकाे अवलाेकन गर्न नेपालमा धेरै पर्यटकहरू आउने गर्छन्, जसले गर्दा हाम्रो देशमा थुप्रै आय आर्जनका बाटाहरू पनि खुलेका छन् । गौतम बुद्धको जन्म हाम्रो देश नेपालमा  नै भएको  हो । बुद्धले विश्वमा नै शान्तिकाे सन्देश फैलाएका थिए । त्यसैले उनलाई एसियाका तारा पनि भनिन्छ ।