Logo

Student Corner

आमा !

Written by: Prasiddhi Dangol - 28009, Grade IX

Posted on: 08 May, 2024

महिमा छ तिम्रो अपार आमा

अनि माया छ,  तिम्रो अन्तहीन

तिमीले जति माया गर्दैनन् कसैले 

मेरा लागि आमा,

अरू छन् सबै अपरिचित

मैले चाहेर पनि तिर्न सक्दिनँ  

आमा तिम्रो निःस्वार्थ प्रेमलाई 

मलाई माफ गर

तर, म तिमीलाई सधैँ माया गर्न सक्छु ।

 

हरेक दिन बिहान उठ्दा

तिम्रै प्रेमले म घेरिएकी हुन्छु

तिम्रो वरिपरि रहेर तिमीलाई आदर गर्न 

म तिम्रै अँगालाेमा बेरिएकी हुन्छु ।

 

आमा ! म साट्न सक्दिनँ तिम्रो माया र ममता

तिम्रो र मेरो सम्बन्ध नसा नसामा बहेको छ ।

रगतमा रगतमा रहेकाे छ ।

शरीरभरि फैलिएकाे छ ।