Logo

Student Corner

आमा

Written by: Pasang Doma Sherpa - 30019, Grade VII

Posted on: 08 May, 2024

आमा! तिमी हौ मेरी प्यारी आमा,

सबैभन्दा सुन्दर र राम्री आमा,

स्वर्गभन्दा ठुली आमा,

सबैभन्दा महान् आमा।

 

सगरमाथा भन्दा ठुलो,

मेरियाना ट्रेन्चभन्दा गहिरो,

आफ्नो औछ्यान भन्दा न्यानो माया दिने,

तिमी नै हौ आमा।

 

मुटुको टुक्रा हामी हौँ तिम्रो,

तिमी हौ हाम्रो धर्ती,

बाह्रैमास बाह्रैकाल अपुग निद्रामा,

माया गर्दै हामीलाई।

 

तिमी नभए के गर्थ्यौँ हामी,

यो अन्धकार पृथ्वीमा

अरू कोही पाउँदैन्नाै धर्तीमा,

आमा जस्तो प्राणी।

 

आमा! तिमी हौ मेरी प्यारी आमा,

सबैभन्दा सुन्दर र राम्री आमा,

स्वर्गभन्दा ठुली आमा,

सबैभन्दा महान् आमा।