Logo

Student Corner

नेपालको विकासको लागि शिक्षाको महत्व

Written by: Eshaan Kumar Rajbhandari - 27027, Grade X

Posted on: 07 May, 2024

हाम्रो देश नेपाल एक विकासोन्मुख देश हो। हामीलाई थाहा नै छ कि अरु देशहरु तथा अरु विकशित देशहरु विकास भएका कारण त्यहाँका जनता बीच एकता र मन सम्मान, कम भ्रष्टाचार, विकसित समाज र आदि हुन्। यी सबै कुरा तब मात्र सम्भव छ जब देशका जनता शिक्षित हुन्छन्। त्यसैले नै कुनै पनि देशको विकासको लागि सिक्षा महत्वपूर्ण छ। शिक्षाले हामीलाई विभिन्न किसिमका जानकारीहरु दिन्छ जुन हाम्रो दैनिक जीवन मात्र नभएर अझ विभिन्न अरु ठाउँहरुमा पनि काम लाग्दछ। यो हाम्रो अन्वेषणको एक मध्यम तथा एक निकाय हो जसले हाम्रो यात्रालाई टुंग्याउँछ। सरल भाषामा भुझ्दा शिक्षा भनेको नै ज्ञान हो। 

 

सुरुमा त हामीले यस भनाइलाई प्रमाणित गर्दा , हामीलाई थाहा नै छ कि हाम्रो देश एक विकासोन्मुख देश हो जहाँको विकास प्रक्रिया सुस्त रुपमा चल्द छ। त्यस कारणले नै यहाँका विभिन्न गाउँहरु राम्रो संग विकास हुन पाएका छैनन् र अविकसित भएर धेरै जस्तो ठाउँहरुमा शिक्षा उपलब्धि छैन तथा शिक्षालयहरु खोल्न पाएका छैनन्। यसले गर्दा देश भरका धेरै जस्ता गाउँहरुमा हाम्रो देशका विकासका लागि जनसहभागिता महत्वपुर्ण छ भनेर कोसैलाई पनि थाहा भएन। 

यसैबाट अर्को भनेको हामीले के प्रमाणित गर्न सक्छौँ भने हाम्रो देशमा च ली आएका अन्धविश्वास पनि नहटेका कारण यै हो। राम्रो शिक्षा पाएमा जनताले यी कुराहरु नर्मारा हुन् र यिनीहरुलाई अन्त्य गर्नु पर्छ भनेर बुझ्छन्। शिक्षाको उपस्थितिमा  हाम्रो देशको सामजिक विकाश पनि हुन्छा तथा हाम्रो देशको हरेक समाज र समुदाय सवच्छ र शान्त हुन पुग्छन्। शिक्षाको मार्फत हाम्रो देशमा छिटो मात्र होइन कि दीगो  विकास पनि लागु हुन्छा  भने शिक्षा मार्फत गरेको जे पनि कुरा लामो समय सम्म टिक्ने गर्दछ। शिक्षाले हाम्रो देशको रोजगारको समस्यालाइ समाधान गर्दछ। कसरी भन्दा खेरी यसले शिक्षा तथा अत्यन्त ज्ञान हासिल गरी विभिन्न कामहरुको शिप आर्जन गर्न मदत गर्दछ। यी शिपहरु हाम्रा कामहरुलाई सहज पारिदिन्छ। यी शिपहरुले गर्दा हाम्रा जनताहरुलाई हाम्रो देशमा मात्र होइन की बाहिर विदेशमा पनि रोजगार पाउँछन्। रोजगार पाउन साथ हामीले के बुझ्न सक्छौँ कि हाम्रो देशको गरिबीको समस्या हट्यो। गरिबी हट्यो भने हाम्रो देशको प्राय सबै जस्ता मुख्य क्षेत्रहरुको पनि विकास भयो भनेर बुझ्दा हुन्छ किन भने गरिबी हटाउने क्रममा विस्तारै हाम्रो देशको अर्थतन्त्रलाई बढाउन मदत वा विकास गर्दछ। यी आर्जन भएका धनको मदतले हामीले हाम्रो देशका विभिन्न अरु क्षेत्रहरुलाई विकास गर्न सक्छौँ। जस्तै पहिले सुरुमा त हामीले हाम्रो कृषि क्षेत्रको विकास गर्न सक्छौँ जहाँ उब्जाउ हुने बाली नलीको मात्रलाई बधाई स्टोर गर्न सक्छौँ। बाकी भएका बालीलाई विदेशमा पठाउन व्यापारिक क्षेत्रलाई विकास गर्नु पर्छ। यी सबै छेत्रलाई विकास गरी आन्त्यमा हामीले हाम्रो पर्यटकिय क्षेत्रलाई पनि विकास गर्न सक्छौँ। 

 

निष्कर्षमा शिक्षा नै एउटा यस्तो मध्यम हो जसले वा जसको मार्फत हामीले हाम्रो देश को विभिन्न क्षेत्रहरुलाई विकास गर्न सक्छौँ। शिक्षालाई नै मात्र हामीले विकास गर्दा हाम्रो देशमा उपयुक्त धन नभएको कारणले रोकिन सक्छ त्यस कारणले शिक्षा सँगै हाम्रो देशको पर्यटकीय क्षेत्रलाई पनि विकास गरेमा हाम्रो देशमा विदेशी धनको आर्जन हुनेछ। तसर्थ शिक्षाले हाम्रो देशका अन्धविश्वास तथा कुप्रथा हरुलाई हटाउने, जनचेतना फैलाउने, रोजगार दिलाउने, गरिबी हटाउने तथा देशको अर्थतन्त्रको विकास गर्ने, वृद्धि गर्ने र अरु विभिन्न काम गर्दछ। शिक्षा मार्फत गरेको यो विकाश सजिलै सँग हुँदैन तर यो विकास लामो समय सम्मको लागि चल्छ तथा दिगो विकास। तसर्थ नेपालको विकासको लागि शिक्षाको महत्व  छ।