Logo

Student Corner

जाग न जाग आज तिमी जाग

Written by: Subhaya Shrestha - 29035, Grade VIII

Posted on: 07 May, 2024

जाग विद्यार्थी आऊ अगाडि लम्क 

सबैभन्दा ठुलो तारा बनेर सगरमा चम्क

भत्किएका घरहरूमा खम्बा गाड्नुपर्छ 

विषालु अन्धविश्वासलाई ताेड्नुपर्छ। 

 

महाकाली, गण्डकी जस्ता नदी पनि बेचिन्छन्

भोका नागरिकहरू आकाशमुनि लड्छन् 

एउटाले अर्काेमाथि गोली र बम फाल्छन् 

त्यसैले बुद्धका आँखाहरू रसाई रहन्छन् ।

 

धनीले गरिबको रगत पसिना चुस्दै छन् 

भ्रष्टाचारी नेताहरूको हालत पनि त्यस्तै छ 

अन्याय र भ्रष्टाचार  एकदमै धेरै भइसक्यो 

नेपाली आमाको चोली धुजाधुजा भई फाटिसक्यो ।

 

हातेमालो गर विद्यार्थी सुन्दर नेपाल  हेर्नलाई 

नेपाल आमाको फाटिएको चोली फेर्नलाई 

जाग विद्यार्थी आऊ अगाडि लम्क 

सबभन्दा ठुलो तारा बनेर सगरमा चम्क ।