Logo

Student Corner

शिक्षा

Written by: Pratyush Lohani - 31019, Grade VI

Posted on: 07 May, 2024

 शिक्षा संस्कृत भाषाबाट उत्पति भएकाे शब्द हाे जसकाे अर्थ सिक्नु र सिकाउनु हुन्छ ।अर्थ सिक्नु र सिकाउनु हाे ।सामान्य भाषामा ज्ञान प्राप्त गर्नु नै शिक्षा हाे । शिक्षा लिएर नै मानिस सही बाटाेमा हिँड्न सक्छ । शिक्षा प्राप्त गर्न कुनै पनि उमेर ,जात ,लिङ्ग ,धर्म संस्कारले छेक्दैन । शिक्षा मानव जातिकाे तेस्राे चम्किलाे आँखा हाे ।शिक्षाबिना मानिस ज्ञानकाे अन्धाे हुन्छ ।शिक्षा अतिअावश्यक कुरा हाे । जन्मदेखि मृत्युसम्म शिक्षा चाहिन्छ ।यदि शिक्षा नभएकाे भए हाम्राे संसार अहिलेकाे जस्ताे हुँदैन थियाे,देशकाे विकास हुँदैन थियाे ।बत्ती, टेलिभिजन,माेबाइल जस्ता सामानहरू हामीसँग हुँदैनथे ।

शिक्षा मानिसकाे गहना हाे शिक्षा मानिसले विद्यालय,पुस्तक अादिबाट ग्रहण गर्न सक्छ ।शिक्षा धेरै महत्त्वपूर्ण हुन्छ।शिक्षाले नै सहज र सरल रूपमा जीवनयापन गर्न मद्दत पुर्याउँछ ।