Logo

Student Corner

मेरो घर

Written by: Prarthana Niraula - 33047, Grade IV

Posted on: 07 May, 2024

मेरो नाम प्रार्थना हो। म भङ्गालमा बस्छु । मेरो घर पाथीभरा हाइट कोलोनीभित्र छ । त्यहाँ १०/१५ वटा घरहरू छन् । हाम्रो कोलोनी सफा राख्ने जिम्मेवारी पनि हाम्रो भएकाले हामी सबैजना मिलेर सरसफाई गर्छौँ । जसको सुरुवात हाम्रो घरबाटै हुन्छ । फोहोर छुट्याउँछौँ र नगरपालिकाको फोहोर बोक्ने गाडीलाई बुझाउँछौँ । हामीले घर वरिपरि बोटबिरुवा पनि रोप्छौँ र बेलाबेलामा गोडमेल गरेर पानी हाल्छौँ । हामी छिमेकीहरू सबै मिलेर टोल सरसफाई गर्दछौँ ।