Logo

Student Corner

आमा

Written by: Manan Acharya - 30078, Grade VII

Posted on: 06 May, 2024

आमा तिमीले भित्र्यायौ मलाई 

आमा तिमीले जन्मायौ मलाई

तिम्रा कोखमा सुत्न पाए नरुने म

तिमी पर हुँदा एकछिन् बस्न नसक्ने म। 

 

आमा हाम्रो  सम्बन्ध अठोट 

आमा हाम्रो माया अठोट

आमा मेरो मुटु तिमी

आमा तिमी भगवान् मेरो ।

 

आमा तिमीले मेरो सपना साकार गर्दछौ

आमा तिमी राम्रो काम गर्न मलाई मदत गर्दछौ 

आमा तिम्रो आँखामा आँसु  देख्न नसक्ने  म

आमा तिम्रो मुहारमा खुसी देख्न सक्ने म।